२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

लागुऔषध मुद्दाका फरार प्रतिवादी ७ महिनापछि पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ फागुन २३ गते १४:०९
Shares
लागुऔषध मुद्दाका फरार प्रतिवादी ७ महिनापछि पक्राउ

रौतहटः ​रौतहट कारागारबाट फरार रहेका एक प्रतिवादीलाई सशस्त्र प्रहरीको टोलीले सात महिनापछि पुनः नियन्त्रणमा लिएको छ। लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका यमुनामाई गाउँपालिका वडा नम्बर ४ सरुअठ्ठा बस्ने ४० वर्षीय राम नरेश साह पक्राउ परेका हुन्।

ncell

​गत भदौ २४ गते देशभर चर्किएको जेनजी आन्दोलनको समयमा सिर्जना भएको अस्थिरताको फाइदा उठाउँदै साह जिल्ला कारागार गौरबाट फरार भएका थिए। लागुऔषध सम्बन्धी कसुरमा जेल सजाय काटिरहेका उनी फरार भएपछि सुरक्षा निकायले उनको खोजी कार्यलाई तीव्रता दिएको थियो।

​​सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटलाई प्राप्त विशेष सूचनाको आधारमा शुक्रबार साँझ उनको लोकेशन पत्ता लागेको थियो। सशस्त्र प्रहरीको गस्तीले गौर नगरपालिका वडा नम्बर ९ स्थित सिर्सिया गाउँमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो। ​​पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया र बाँकी कैद भुक्तानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । ​

ताजा खबर

सम्बन्धित खबर