२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

सिमलताल दुर्घटना : सखुवा प्रसौनी गाउँपालिकाका पाँच जना बेपता

shivam cement
लालबाबु बानिया
२०८१ असार २८ गते २०:३१
सिमलताल दुर्घटना : सखुवा प्रसौनी गाउँपालिकाका पाँच जना बेपता

पर्सा : वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्सको बस (नम्बर बा.प्र ०३९००६ ख १५१६) चितवनको वडा नं २९ सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा खसेर बेपत्ता भयो ।

दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिकाका पाँच जना बेपता भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश प्रसाद रौनियारले दिए । दुर्घटना भएको खबर पाउनेबित्तिकै सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।

त्रिशूली नदीमा दुई वटा बस बेपत्ता हुँदा करिब ६५ यात्रु बेपत्ता छन् । तीमध्ये सखुवा प्रसौनी गाउँपालिकाका दुई जना स्वास्थ्यकर्मीसहित पाँच जना बेपत्ता छन् । 

दुर्घटनामा वडा नम्बर २ जमुनियाका हृदयनारायण चौधरी थारू, उनकी श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा कुमारीसहित एकै परिवारका तीन जना परेका छन् । त्यस्तै गाउँपालिकाकको महुवनस्थित स्वास्थ्य चौकीमा कार्यरत रेडियोग्राफर कलैया उपमहानगरपालिकाकी सृष्टि कुमारी यादव र ल्याब असिस्टेन्ट सखुवा प्रसौनी गाउँपालिका वडा नं ३ कट्या डुबरवानाका रैफुल अन्सारी पनि दुर्घटनामा परेका छन् । सृष्टि र अन्सारी लोक सेवा आयोगको परीक्षा दिन काठमाडौं जाँदै थिए ।

त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको कारण खोजीकार्यमा कठिनाइ भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका गोताखोर टोलीले निरन्तर खोजी कार्य जारी राखेको छ । तर बेपता भएका बस र यात्रुहरु फेला परेका छैनन् ।

घटनास्थलमा गाउँपालिका अध्यक्ष यादवसँगै प्रमुख प्रशासकीय अधिकृत रौनियार, जिन्सी शाखा प्रमुख अर्विन्द ठाकुर, लेखा शाखा प्रमुख सुमन साह, प्राविधिक शाखा प्रमुख रामबाबु प्रसाद समाजिक विकास शाखा प्रमुख बिनोद यादवलगायत पुगेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise