२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एक लाख रुपैयाँ घुस लिएको आरोपमा कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८२ साउन २३ गते १५:२७
Shares
एक लाख रुपैयाँ घुस लिएको आरोपमा कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्यापुर नगरपालिकाका मेयर राम पुकार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले साहविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

ncell

मेयर साहले नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्काबापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको अख्तियारको ठहर छ ।

बिचौलियामार्फत घुस माग गरेको सूचना पाएपछि अख्तियारबाट खटिएको टोलीले साहलाई एक लाख रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा साहले घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारले मेयर साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप एक लाख रुपैयाँ बिगो कायम गरी जरिमाना र कैद सजायको मागदाबी लिएको छ ।

सम्बन्धित खबर