२०८२ साउन २४ गते शनिवार / Aug 09 , 2025 , Saturday
२०८२ साउन २४ गते शनिवार
Ads

गण्डकी प्रदेश समन्वय परिषद् कतारको आयोजनामा सुरक्षा एवं सचेतना कार्यक्रम

shivam cement
तिलु शर्मा पौडेल
२०८२ साउन २३ गते २१:४१
गण्डकी प्रदेश समन्वय परिषद् कतारको आयोजनामा सुरक्षा एवं सचेतना कार्यक्रम

दोहा कतार : गण्डकी प्रदेश समन्वय परिषद् कतारले फरक–फरक शीर्षकमा सुरक्षा सचेतना एवम् व्यक्तित्व विकास कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । 

समन्वय परिषद्को आयोजना तथा मातहतका जिल्ला संस्थाहरूको सह आयोजना, नेपाली रक्तदाता संघ र जीवन विज्ञान कतारसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा कतारको कानुन सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग कतारका नेपाली समाज प्रतिनिधि एवं कानुनी परामर्शदाता मोहम्मद रमजान अलि मियाले व्याख्या गरे । उनले मदिरा पिएर सवारी नचलाउन आग्रह गरे । पछिल्लो  समय कतारमा साइबर कानुनमा भएको कडाइ प्रति सजग गराए ।  

स्वास्थ्य सुरक्षा तथा वातावरण सम्बन्धी विज्ञ विमल सुबेदीले कार्यस्थलमा गर्नुपर्ने न्यूनतम सुरक्षाका बारेमा सजग गराए  । 

श्रम तथा सामाजिक सुरक्षा कोष सम्बन्धी कोषकी सहायक निर्देशक राधिका निरौलाले भर्चुअल माध्यम मार्फत र पत्रकार अर्जुन पौडेल भौतिक रूपमै व्याख्या गर्दै सामाजिक सुरक्षा कोषलाई सामाजिक सहायता, बिमा र श्रम बजार हस्तक्षेपका रूपमा व्याख्या गरिएको बताइन् । 

अनौपचारिक, औपचारिक स्वरोजगारमा रहेको र वैदेशिक रोजगारीमा रहेका श्रमिक आबद्ध हुन सक्ने व्यवस्था कायम गरिएको उनले बताइन् । 

पछिल्लो ६ महिनामा ३ महिनाको योगदान गरेका व्यक्तिका परिवारहरूले समेत स्वास्थ्य सम्बन्धी सुविधा लिन सक्ने कार्यक्रममा उनले जानकारी दिइन् । 

रेमिट्यान्स तथा बैंकिङ साक्षरता सम्बन्धी आइएमइ लिमिटेडका कतार प्रमुख हेमराज सुबेदी र नबिल बैंकका कन्ट्री म्यानेजर दीपेन्द्र पौड्यालले प्रशिक्षण प्रदान गरेका थिए । उनीहरूले औपचारिक माध्यम मार्फत रेमिटेन्स पठाउन आग्रह गर्दै एसआइपीमार्फत मासिक बचत गर्न आग्रह गरेका थिए । अर्का उत्प्रेरक सिताराम थापाले कविता वाचन गरेका थिए । योग तथा ध्यान सम्बन्धी गुरु रामजी खत्रीले न्यूनतम योगका ज्ञानका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।  

परिषद् कतारका संस्थापक अध्यक्ष आश बहादुर गुरुङको प्रमुख आतिथ्यता तथा परिषद्का अध्यक्ष नन्दलाल बिक (अजय)को सभाध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले कार्यक्रम अत्यन्त उत्कृष्ट र फलदायी रहेको बताए । 

वरिष्ठ उपाध्यक्ष रोशन अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव मन प्रसाद राना मगरले सहजीकरण गरेका थिए । 

इ–रिंङरोड अन्तर्गत अलथुमामा अवस्थित द अट्रिएम हलमा सम्पन्न कार्यक्रमको समापन गर्दै सभाध्यक्ष विकले कार्यक्रममार्फत लिएका ज्ञान एक अर्कोलाई सिकाउन र बुझाउन आग्रह गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise