२०८२ साउन २४ गते शनिवार / Aug 09 , 2025 , Saturday
२०८२ साउन २४ गते शनिवार
Ads

उदयपुरमा जन्मदिनको भोज खाने क्रममा २७ जना बिरामी

shivam cement
बिन्द्र राई
२०८२ साउन २३ गते २२:१८
उदयपुरमा जन्मदिनको भोज खाने क्रममा २७ जना बिरामी

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–७ नमुना चोकमा जन्मदिनको भोज खाने क्रममा २७ जना मानिसहरू एकैपटक बिरामी परेका छन् । बुधबार राति जितेन्द्र राईको घरमा जन्मदिनको अवसरमा आयोजना गरिएको भोजमा विभिन्न परिकारहरू खाएपनि स्थानीय बिरामी भएका हुन् । 

उक्त जन्मदिनको कार्यक्रममा छरछिमेकका मानिसहरू भेला भई रोटी, अचार, पुरी, बुनिया, पुवा लगायतका परिकारहरू खाएका थिए । भोजमा सहभागी भएका केही समयमै उनीहरूमा झाडापखाला, वान्ता तथा पेटसम्बन्धी समस्या देखिएको थियो । तत्काल बिरामी भएका सबैलाई जिल्ला अस्पताल उदयपुरमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिरामीमध्ये ३ जना पुरुष, ११ जना महिला, ५ जना बालक र ८ जना बालिका रहेका छन् । अस्पतालमा भर्ना गरिएका बिरामीहरूमध्ये २६ जनाको उपचारपछि डिस्चार्ज गरिएको छ भने एक जना बालकको अवस्था सामान्य रहेको र उनको उपचार हालसमेत जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानमा भोजमा प्रयोग गरिएको कुनै खाद्य वस्तु बिग्रेको वा अखाद्य रहेकोले यस्तो समस्या उत्पन्न भएको हुनसक्ने आशंका गरिएको छ । खाद्य विषाक्तताको सम्भावना रहेकाले स्वास्थ्य कार्यालय र प्रहरी दुवै निकायले अनुसन्धान गरिरहेका छन् । 

स्थानीय स्वास्थ्यकर्मीहरूले यस्ता सामूहिक भोजको समयमा सरसफाइ र खाद्य वस्तुको म्याद, गुणस्तर र भण्डारणप्रति विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise