२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

समाजमा किन हुन्छ द्वन्द्व ?

ADV
२०८१ साउन २ गते ०६:३०
समाजमा किन हुन्छ द्वन्द्व ?

-गम्भीर बहादुर हाडा

द्वन्द्वको शाब्दिक अर्थ झगडा, मनमुटाब, मनोमालिन्य हो । कुनै विषय वा प्रसङ्गमा रहने फरक मतलाई कार्यस्थलमा विभिन्न रूपमा प्रस्तुत गर्ने नै द्वन्द्व हो । द्वन्द्व विशेषतः स्रोत र साधनको अपर्याप्तता वा तिनको अविवेकी वितरण, अधिकारको अस्पष्टता, सरोकारवाला व्यक्ति वा समूहको व्यक्तिगत वा सामूहिक दबाबको स्थितिमा सिर्जना हुन्छ । अभाव, कुण्ठा, इर्ष्या जस्ता नकारात्मक अवस्थामा मूल रूपमा द्वन्द्वको सिर्जना हुने भए तापनि द्वन्द्व परिवर्तित संस्कार, मान्यता र विचारको उपज पनि हो । सङ्गठनात्मक विकासको दृष्टिकोणले द्वन्द्व सिर्जनात्मक शक्ति हो । द्वन्द्व मूल्य र लक्ष्यबिचको वस्तुपरक असंलग्नताको स्थिति हो र अरूको लक्ष्य प्राप्तिमा जानाजान हस्तक्षेप गर्ने आचरण हो । तसर्थ, द्वन्द्व सङ्गठनको हकमा मात्र नभई समाजको लागि अवश्यम्भावी रोग हो । तथापि, यस्तो रोग सकारात्मक परिस्थितिको निर्माणतर्फ केन्द्रित हुनु पर्दछ । परिवर्तित मूल्य, मान्यता, विचार, संस्कार र पद्धतिको परिदृश्यमा व्यक्तिगत, सामूहिक तथा साङ्गठनिक आधिपत्य, वर्चस्व वा प्रभाव राख्ने क्रममा देखिने अप्रतिद्वन्द्वता नै द्वन्द्व हो । 

द्वन्द्वका स्रोतहरू

मूलतः द्वन्द्व व्यक्तिगत सोच तथा आवश्यकता तथा तिनको उपयोग एवम् प्राप्तिको बिचमा रहेको असमानताले सिर्जना गरेको अवस्था हो । तसर्थ, व्यक्ति, समूह वा सङ्गठनको आवश्यकताहरू सही रूपमा परिपूर्ति नहुँदा द्वन्द्व सिर्जना हुन्छ । व्यक्ति, समूह वा सङ्गठनका आवश्यकता तथा साधनको परिपूर्तिका निमित्त विभिन्न पक्षहरू जिम्मेवार हुन्छन् । तिनै पक्षहरू नै वास्तवमा द्वन्द्वका कारक तत्त्वहरू मानिन्छन् । व्यक्तिगत सोच र धारणाको स्तर व्यक्तिगत भय, व्यक्तिगत भेदभावको स्थिति र अवस्था, न्यून सहनशीलता, व्यक्तिगत पृष्ठभूमि (आर्थिक, सामाजिक तथा पारिवारिक)को विविधता आदि । अप्रभावकारी तथा अपर्याप्त सञ्चार प्रणालीको कमी, असमझदारी, आलोचना÷प्रशंसा झुटा विवरण, सूचना प्रवाहको तरिका, शैली, विपरीत अथै दिने शब्दको प्रयोग आदि । संस्थागत संरचनाको अनिश्चितता र स्रोत एवम् साधनको अप्रभावकारी वितरण प्रणाली विशेषज्ञता र यसको उपयोग, स्रोत र साधनको उपलब्धता र यसको न्यायिक वितरण प्रणाली, जिम्मेवारीको मात्रा र किसिम, पुरस्कार र दण्ड प्रणाली, आदि ।

द्वन्द्वका कारणहरू

द्वन्द्व उत्पन्न गराउने परिस्थिति वा विषयवस्तु नै द्वन्द्वका स्रोतहरू वा कारणहरू हुन् । तहगत आधारमा पनि द्वन्द्वको स्रोतहरू पहिचान गर्न सकिन्छ । त्यस्ता कारण अन्तर वैयक्तिकदेखि साङ्गठनिक र अझ अन्तर्राष्ट्रिय चरित्रको पनि हुन सक्दछ । विचार, इच्छा, आवश्यकता र बानी ब्यहोरामा फरकपना, सूचना र ज्ञानको कमी, सीमित स्रोत साधन र असीमित मागहरू, भविष्यप्रतिको अनिश्चित जस्ता कारणहरूले सिर्जना हुन पुग्दछ । गुटबन्दी, व्यक्ति विशेषलाई प्राथमिकता, साधनको अविवेकी वितरण, गल्ती र कमजोरीहरू, आपसी रूपमा विरोध भाषी उद्देश्य, मूल्यमान्यता र धारणालगायत पनि द्वन्द्वका कारणहरू हुन् । 

द्वन्द्वको परिणाम

द्वन्द्वले समाजमा निश्चित प्रभाव पारेको हुन्छ र त्यसले दिएको परिणाम सकारात्मक र नकारात्मक दुवै हुन्छन् । गाउँमा जाँड रक्सीको सेवन तथा बेचबिखनमा कमी, आपसी झगडामा कमी, गरिब तथा दलितमाथि सरकारको ध्यानाकर्षण, समूहको अत्याचारमा कमी, सामाजिक कुप्रथा तथा अन्धविश्वासमा कमी, समुदायहरू भौतिकवादतर्फ रूपान्तरित, चेलीबेटी बेचबिखन गर्ने क्रममा कमी, द्वन्द्वले मानिसलाई कडा परिश्रम गर्न उत्प्रेरित गर्दछ, किनकि साङ्गठनिक द्वन्द्वमा व्यक्ति व्यक्तिबिच प्रतिस्पर्धा गर्नुपर्ने वातावरण बढी देखिन्छ । अर्को पक्षभन्दा उत्तम भए मात्र उपलब्धि आफ्नो पक्षमा देखिने हुँदा प्रतिबद्धता बढ्दछ । 

प्रतिबद्धता बिनाको कडा परिश्रम खासै उपलब्धिमूलक हुन नसक्ने भएकोले आफ्नो उद्देश्य पूरा गर्न व्यक्तिले प्रतिबद्धता र परिश्रमलाई साथसाथै लैजान्छ । कुनै सवालमा देखिएको अस्पष्टता, समस्यालाई प्रस्ट्याउँदछ वा समस्याको समाधान खोज्न लगाउँछ । कतिपय सवालमा कल्पना नै नगरिएका नयाँ अवधारणा, विधि वा तरिकाको सिर्जना गर्दछ । 

नेपालको ग्रामीण क्षेत्रमा विभिन्न क्षेत्रहरूमा द्वन्द्वको सिर्जना भएको देखिन्छ । जस्तै : गाउँमा उपलब्ध भएको ढुंगेधारा, पोखरीहरूबाट कसैले सिँचाइ गर्न चाहेमा सिँचाइ गर्न नदिने र आफ्नो जग्गाबाट अरूलाई लैजान नचाहने गर्दा पनि द्वन्द्व सिर्जना भएको पाइन्छ । समयमा नै हामी सबैले यस्ता समस्याहरूलाई बुझेर हरतरह समाधान गरिनेतर्फ त्यतिकै आवश्यकता रहन आएको छ । 

द्वन्द्व समाधानका उपाय

द्वन्द्व व्यवस्थापनको दृष्टिकोणमा द्वन्द्व सिर्जनामा प्रोत्साहन गरिन्छ । अपेक्षित तहसम्म द्वन्द्व उत्पन्न भएमा कार्यगत द्वन्द्वलाई प्रोत्साहित गरिन्छ । यसमा व्यवहारात्मक परिणामको लागि आवश्यक रचनात्मक द्वन्द्वलाई बढवा दिइन्छ । द्वन्द्व सधैँ बेफाइदाजनक हुँदैन । कार्यसम्पादन र लक्ष्य प्राप्तिमा रचनात्मक द्वन्द्वले सघाउ पुर्‍याउँछ भन्ने मान्यता यो दृष्टिकोणले लिएको देखिन्छ । द्वन्द्व सिर्जना गर्नमा, दुवै रचनात्मक एवम् विनाशात्मक द्वन्द्व, सञ्चारको प्रमुख भूमिका रहन्छ । व्यवस्थापनले द्वन्द्वको तहमा वृद्धि गर्न चाहेमा अस्पष्ट वा चुनौती दिने खालका सन्देशहरूको प्रयोग गर्दछ र अपेक्षित तहसम्म द्वन्द्वलाई प्रोत्साहन दिन्छ । सङ्गठनात्मक पुनर्संरचनाद्वारा पनि द्वन्द्वलाई आमन्त्रण गर्न सकिन्छ । 

विभाग शाखाहरूको संरचनामा परिवर्तन, कार्य समूहहरूका पुनर्गठन, कार्य अन्तर निर्भरता वृद्धि, यथास्थितिमा खलल पुर्‍याउन आकार खुम्च्याइ मार्फत संरचनात्मक परिवर्तनजस्ता कदमहरूद्वारा द्वन्द्व सिर्जना गर्न सकिन्छ । विद्यमान ऐन–नियम, कार्यविधि, नीति एवम् कार्यक्रम आदिमा परिवर्तनद्वारा पनि द्वन्द्वको स्तर बढाउन सकिन्छ । यस्तो परिवर्तनबाट कर्मचारीहरूले आफ्नो मर्यादा, कार्यशैली, हित, अहम् प्रतिष्ठामा चुनौती आएको महसुस गरी परिवर्तनको विरोधमा उत्रिन्छन् । एउटा समूहमा बाहिरबाट सदस्यहरू थप्ने जसको पृष्ठभूमि, मूल्य, मान्यता, विश्वास आदि वर्तमान समूह सदस्यहरूसँग पटक्कै मिल्दैन । यसले उनीहरूबिच असमझदारी एवम् विवाद सिर्जना गर्दछ । समूहका वर्तमान सदस्यहरूलाई सो समूहबाट बाहिर पठाउँदा पनि द्वन्द्व सिर्जना हुन्छ । समूहमा विमति राख्ने, समूहको निर्णय सजिलै स्वीकार नगर्ने, राय बझाउने व्यक्तिलाई पुरस्कृत गर्नाले पनि द्वन्द्व उत्पन्न हुन सक्दछ । 

अवसरका रूपमा द्वन्द्व

द्वन्द्वलाई परिवर्तित सन्दर्भमा सूचना प्रवाहको स्रोतका रूपमा सही ढङ्गबाट उपयोग गर्न सके समयमा नै गुनासो समाधान भई सङ्गठनमा स्वस्थ कार्य वातावरण सिर्जना भई प्रत्येक कार्य शङ्काको घेराभन्दा बाहिर रहन गई व्यक्तिगत हित र स्वार्थभन्दा साङ्गठनिक हितमा लाग्न प्रेरित गर्दछ । सामान्यतयाः द्वन्द्वलाई सामान्य एवम् व्यक्तिगत, समूहगत अभीष्ट पूरा गर्नका लागि उठान भएको विषयवस्तुका रूपमा हेरिन्छ । साथै, जुनसुकै अवस्था, परिस्थिरतिर मूल्यमा सङ्गठनमा द्वन्द्वको जन्मलाई वैधानिकता दिनु हुँदैन भन्ने मान्यता हाबी रहेको छ । त्यसैले वर्तमान समयमा द्वन्द्व व्यवस्थापन राज्यकै चुनौतीका रूपमा देखापरिरहेको परिप्रेक्षकमा द्वन्द्वलाई बेवास्ता गर्नुभन्दा यसलाई समयमा नै समस्याको पहिचान गरी निदानका लागी पहल गर्ने पक्षमा लाग्न सके सङ्गठनमा विकराल रूपमा देखा परेको द्वन्द्वको निवारणमा कमी आउने देखिन्छ । 

वातावरणीय गरिबी क्रियाकलाप प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, बजार जस्ता विकासका आधारभूत पूर्वाधार खडा गर्नु पर्दछ । श्रमजीवी वर्गलाई समाजवादी संस्कृति अनुरूप विकास गर्न ट्रेन्ड युनियनलाई भरपर्दो सामाजिक आन्दोलनको रूपमा विकसित गर्नुपर्दछ र राजनीतिक पार्टीको शासनमाथि जनताको विश्वासको अभिमत लिन आवधिक आम निर्वाचनको पक्षमा रहने वैज्ञानिक समाजवादी पार्टीसँग हातेमालो गर्नुपर्दछ । गैर सरकारी संस्थाहरू र जनताका समुदायमा आधारित सङ्गठनहरूलाई सक्रिय र प्रभावकारी बनाउन दातृ संस्थाहरू पूर्णतया लागेको पाइन्छ । तर, सरकारी समन्वयमा कमी देखिएको छ । 

सरकारले दुर्तगतिमा रोजगारी वृद्धि गर्ने हो भने सबैभन्दा पहिला कृषि क्षेत्रमा नै आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । कृषि क्षेत्रमा संलग्न श्रम शक्तिलाई पूर्ण रोजगार दिलाउनका लागि भूमि सुधार कार्यक्रम लागू गरिनु पर्छ । त्यस्तै, हाल अकासे खेती गर्ने ठाउँमा एक बाली लगाई अन्य समय बेरोजगार हुने श्रम शक्तिलाई रोजगारी दिन दिगो र पूर्ण कृषि उत्पादनको बाटो अवलम्बन गरिनु पर्दछ । यसको साथसाथै विषयगत आधारमा फरक–फरक न्यूनतम वतन निर्धारण हुन सक्ने लचिलो नीति अख्तियार गरिनुपर्छ । मूल रूपमा कृषि मजदुर र औद्योगिक मजदुरको फरक–फरक बेतन निर्धारण हुनसमेत व्यवस्था मिलाउनु आवश्यक हुन आउँछ । कृषि श्रमिकको अवस्था सुधार गर्न सरकारले उदारवाद कार्यक्रम विस्तार गर्नुपर्छ । खुलापन नीतिलाई निरन्तरता दिन निजीकरणलाई व्यापक बनाउन र सरकारी नियन्त्रणलाई कम गर्न आवश्यक भएको छ । कृषि क्षेत्रमा सुधार नल्याईकन गरिबी निवारण गर्न सकिँदैन । 

ADVADV

सम्बन्धित खबर

Advertise