२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

महिला एसिया कप : नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

ADV
मध्यान्ह
२०८१ साउन ६ गते २१:४९
महिला एसिया कप : नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौं : एसीसी महिला एसिया कपमा नेपाल आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल पाकिस्तासँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतकीय इनिङ खेलिन् । उनले ३५ बलमा १० वटा चौकाको सहयोगमा ५७ रन बनाइन् । यस्तै मुनिबा अलिले ३४ बलमा ८ चौकाको सहयोगमा ४६ रन बनाइन् । नेपालका लागि कविता जोशीले एक विकेट लिइन् ।

त्यसअघि रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो । नेपालका लागि कविता जोशीले अविजित रहँदै सर्वाधिक ३१ रन बनाइन् । २३ बल खेलेकी उनले चार चौका र एक छक्का प्रहार गरिन् । 

सीता रानामगर २६, पूजा महतो २५ र कविता कुँवर १३ रनमा आउट भइन् । पाकिस्तानकी सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन् भने फातिमा सानाले एक विकेट लिइन् । अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise