
कैलालीः धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने बझाङ मष्टा गाउँपालिका–४ घर भएका २० वर्षीय बिबेक उपाध्यायलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।