
काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनको मत गणना जारी छ । भृकुटी मण्डपमा जारी मत गणनाको परिर्णम अनुसार ओली समुहले अग्रता कायम राखेको छ । सोही समुहमा परेका पूर्वमाओवादी नेताहरू रामबहादुर थापा बादल र लेखराज भट्ट एमालेभित्र लोकप्रिय मतका साथ अग्रस्थानमा छन् ।
ओली समुहबाट उपाध्यक्ष लडेका बादलले अग्रता कायम राख्दा सोही समुहका नेता गुरु बराल पछि परेका छन् । बराललाई इश्वर समुहका उपाध्यक्ष गोकर्ण विष्टले पछि पारे पर्दै छन् । ओली टिमका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले पहिलो स्थानमा अग्रता कायम राखेका छन् । ११ सय मत गणनाको परिणाम आउँदा सम्म उनले ९०० पाउँदा सोही समुहका विष्णुप्रसाद पौडेलले ८४६ मत पाएका छन् । त्यस्तै पूर्व माओवादी पृष्ठभुमिका नेता रामबहादुर थापा बादल ७७४ मतका साथ तेस्रो स्थानमा छन् । इश्वर पोखरेल समुहका उपाध्यक्ष गोकर्ण राज विष्टले ७१३ र ओली प्यानलका रघु जी पन्तले ६१७ पाएर चौथो र पाँचौ स्थानमा पुगेका छन् । ओली समुहकै उपाध्यक्ष उम्मेदवार गुरु प्रसाद बराल ५८५ मत सहित छटौं नम्बरमा छन् । एमालेको विधान अनुसार तीन जना उपाध्यक्ष रहने व्यवस्था छ ।
त्यस्तै उपमहासचिवमा सबै भन्दा बढी मत पूर्वमाओवादी नेता लेखराज भट्टले पाएका छन् । सूरुबाटै पहिलो स्थानमा रहेका लेखराज भट्टले ७३४ मत पाएका छन् । त्यस्तै योगेश भट्टराइले ७०९ मत पाउदा रघुविर महासेठले ६८९ पाएका छन् । योगेश इश्वर समुहका उम्मेदवार हुन । ओली पक्षका विष्णुप्रसाद रिमालले ५४० मत पाएका छन् । मत परिणामको प्यानट हेर्दा एमालेमा पूर्व माओवादी बादल र भट्टले चुनाव जित्ने देखिन्छ । ओली समुहका उपाध्यक्ष गुरु बराल र उपमहासचिव विष्णु रिमाल पछि पर्दै गएका छन् ।
यस्तो छ पछिल्लो मत परिणाम :
जम्मा गणना भएको मत : ११३९
अध्यक्षमा
केपी शर्मा ओली : ८४३
ईश्वर पोखरेल : २९६
उपाध्यक्षमा
अरुण नेपाल : २२३
गुरु प्रसाद बराल : ५८५
गोकर्णराज विष्ट : ७१३
टकंप्रसाद कार्की : १८६
पर्शुराम मेघी गुरुङ्ग : ३३४
पृथ्वी सुब्बा गुरुङ : ९००
भीमप्रसाद आचार्य : १४३
रघुजी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
विन्दा पाण्डे : ४७४
विष्णुप्रसाद पौडेल : ८४६
महासचिव
शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे : ५२६
उपमहासचिव
आनन्दप्रसाद पोख्रेल : ३३४
योगेश भट्टराई : ७०९
रघुवीर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णुप्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१
सचिव
अग्नि प्रसाद खरेल :३७७
इन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुलप्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ७७८
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यामलाल कँडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मत कुमार कार्की : ६७२