
काठमाडौं: नेकपा एमालेको ११औं महाधिवेशनले तेस्रो पटक केपी ओलीलाई अध्यक्षमा निर्वाचित गराएको छ । गत २७ बाट काठमाडौंमा सुरु भएको महाधिवेशन ६ दिन लगाएर सम्पन्न भएको छ ।
अन्तिम मत परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीको १६६३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी इश्वर पोखरेलले ५६४ मत पाएका छन् । त्यस्तै महासचिवमा शंकर पोखरेलले १२२८ लमद पाउँदा इश्वर समुहका महासचिव सुुरेन्द्र पाण्डेले ९९८ मत पाएका छन् । २३० मतका साथ ओली समुहका महासचिव शंकरले जित निकालेका हुन् । महाधिवेशनबाट अधिकांश नेताहरू ओली समुहका आएका छन् ।
ओलीसँगको प्रतिष्पर्धामा तत्कालीन वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेले टिम बनाएर चुनावमा होमिएका थिए । निकै रस्साकसीकाबीच टिम बनाएर दुुवैतीर समुहगत प्रतिष्पर्धा भएको थियो । गत १०औं महाधिवेशनमा भने अध्यक्षमा ओलीसँग नेता भीम रावल र उपाध्यक्षमा घनश्यम भुसालले प्रतिष्पर्धा गरेपनि यस पटक सबै पदाधिकारी तथा सदस्यहरूमा समेत टिमगत प्रतिष्पर्धा भएको हो । यसले एमालेमा लोकतान्त्रीक अभ्यासको पूर्ण उपयोग भएको नेताहरूले बताएका छन् ।
नवौं महाधिवेशनमा पनि एमालेमा प्रतिष्पर्धा भएको थियो । माधव नेपाल र केपी ओलीबीच प्रतिष्पर्धा हुँदा झिनो मतले ओली विजयी भएका थिए । त्यसयता एकछत्र पार्टीमा वर्चश्व कायम राखेका ओलीले १०औं महाधिवेशनमा आफैले टिम घोषणा गरेका थिए । ११औं महाधिवेशनमा भने प्रतिष्पर्धालाई उनले रोक्न सकेनन् । गत भदौ २२ मै विधान महाधिवेशन गरेको एमालेले यस पटक नेतृत्व चयनलाई प्राथमिकता दिएको नेताहरूले बताएका छन् । यद्यपि विधानमा पदाधिकारी बढाउने र स्थायी कमिटी राख्ने सहित केही संशोधन गरिएको थियो ।