२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

क्यालिफोर्नियामा इतिहासकै सातौँ ठूलो आगलागी

ADV
मध्यान्ह
२०८१ साउन १३ गते १७:५४
क्यालिफोर्नियामा इतिहासकै सातौँ ठूलो आगलागी

काठमाडौँ : उत्तरी क्यालिफोर्नियाको आगलागी पश्चिमी अमेरिकी राज्यमा अहिलेसम्मकै ठुलोमध्ये एक भएको अधिकारीहरूले बताएका छन् ।

‘क्यालिफोर्निया पार्क फायर’ तीन लाख ५० हजार हेक्टरभन्दा बढी भागमा फैलिएपछि यो क्यालिफोर्नियाको इतिहासमा रेकर्ड गरिएको सातौँ ठुलो आगलागी भएको राज्य एजेन्सी क्याल फायरले जनाएको छ ।

राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १४५ किलोमिटर उत्तरमा रहेको सिको सहर नजिकैको ठुलो ग्रामीण पहाडी क्षेत्रमा भएको आगलागीबाट ४ हजारभन्दा बढी मानिसहरू आफ्नो घर छाड्न बाध्य भएका छन् । “फैलिँदै गएको आगोले अग्नि नियन्त्रकलाई चुनौती दिइरहेको छ”, क्याल फायरले एक्सको एक पोस्टमा जानकारी गराएको छ ।

एजेन्सीका अनुसार एक दर्जनभन्दा बढी हेलिकप्टर र विमानका साथै तीन हजार ७०० भन्दा बढी कर्मचारीहरूको प्रयासका बाबजुद पनि आगो १० प्रतिशत मात्र निभाउन सकिएको थियो ।

कम तापक्रम र उच्च आद्रताले आगलागीको गति कम भएतापनि अझै फैलिरहेको एजेन्सीले जनाएको छ । क्याल फायरको पछिल्लो अपडेटमा आगलागीका कारण २० वटा संरचनाहरू नष्ट भएको पुष्टि गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise