२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मलेसियामा पक्राउ परेका ९० हजार विदेशीमध्ये ७६९ जना नेपाली

shivam cement
२०८२ पुष १४ गते ०६:१५
Shares
मलेसियामा पक्राउ परेका ९० हजार विदेशीमध्ये ७६९ जना नेपाली

काठमाडौं : मलेसियामा सन् २०२५ डिसेम्बरसम्म ९० हजारभन्दा बढी अवैध विदेशी आप्रवासी पक्राउ परेका छन् । त्यसमध्ये नेपाली नागरिकको संख्या ७ सय ६९ रहेको छ ।

सञ्चालन गरिएका १३ हजार ६ सय ७८ वटा अपरेसनमा २ लाख ३५ हजार ३ सय ४३ जना विदेशी नागरिकको जाँच गरिएको मलेसियाको अध्यागमन विभागले बताएको छ ।

पक्राउ पर्नेमा सबैभन्दा धेरै इन्डोनेसियाका १५ हजार ३ सय ८५ जना, बंगलादेशका ११ हजार १ सय ५ जना, म्यानमारका ९ हजार ७ सय ८९ जना, फिलिपिन्सका ४ हजार ३ सय ६५ जना, पाकिस्तानका २ हजार ४ सय ९७ जना, भारतका १ हजार ६ सय ३० जना, थाइल्यान्डका १ हजार ४ सय ९३ जना, चीनका १ हजार ३८ जना तथा भियतनामका ९ सय ९ जना छन् ।

अध्यागमन कार्यालयले अवैध आप्रवासीलाई रोजगारी दिने तथा संरक्षण गर्ने रोजगारदातामाथि पनि कारबाही गरिएको बताएको छ ।

सम्बन्धित खबर