२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

सुध्रिँदै छ अर्थतन्त्र, आर्थिक वृद्धि ४.६ प्रतिशत पुग्ने

shivam cement
छबि सापकोटा
२०८२ पुष १८ गते ०६:२०
Shares
सुध्रिँदै छ अर्थतन्त्र, आर्थिक वृद्धि ४.६ प्रतिशत पुग्ने

काठमाडौं : नेपालमा चुनावी माहोल सिर्जनासँगै नेपालको अर्थतन्त्रले लय समात्ने संकेत देखाएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले नेपालको समग्र आर्थिक गतिविधि सुधारोन्मुख देखाएको हो । राष्ट्र बैंकले यस आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशत  पुग्ने अनुमान गरेको हो । अघिल्लो वर्ष नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशत रहेको थियो । 

राष्ट्र बंैकको तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै सेवा क्षेत्रको योगदान ६२ प्रतिशत रहने अनुमान छ । यस्तै, कृषि क्षेत्रको योगदान २५ दशमलव २ प्रतिशत र उद्योग क्षेत्रको योगदान १२ दशमलव ८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । 

आार्थिक वृद्धिदरमा बागमती प्रदेशको सबैभन्दा बढी ३६ दशमलव ५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४ दशमलव २ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा कृषि बालीको उत्पादन ३ दशमलव ७ प्रतिशतले बढेको छ । धान बालीको उत्पादनमा वृद्धि भई ५९ लाख ५४ हजार मेट्रिक टन पुगेको छ  । यस्तै, फलफूल उत्पादनमा ३ दशमलव ३ प्रतिशत र पशुजन्य उत्पादनतर्फ दूध १ प्रतिशत र मासुको उत्पादनमा शून्य दशमलव ३ प्रतिशतले कमी आएको राष्ट्र बैंकको प्रतिवदेनमा उल्लेख छ । 

तर आर्थिक मन्दीको असर उद्योग क्षेत्रमा देखिएको छ । उद्योगहरूको औसत क्षमता उपयोग ४४ दशमलव ५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ४८ दशमलव ३ प्रतिशत थियो । उद्योग विभागमा ७ सयवटा नयाँ उद्योग दर्ता भएका छन्, जसमा बागमती प्रदेशमा मात्रै ५ सय ४३ वटा उद्योग दर्ता भएका छन् । पर्यटन र वैदेशिक व्यापार कोरोना महामारीपछिको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार देखिएको छ । भौतिक पूर्वाधारतर्फ नेपालमा सडक निर्माण क्षेत्रले गति लिएको छ । आर्थिक वर्ष २०८१/८२ मा  १ हजार २ सय ३५ किलोमिटर सडक कालोपत्रे भएको छ भने २ सय ७८ सडक ग्राभेल, ३ सय १ किलमिटर नयाँ ट्र्याक निर्माण भएको छ भने ३ सय ७० किलोमिटर सडकको मर्मत भएको छ । आर्थिक वर्ष २०८१/८२ सम्म २० हजार ४३ किलोमिटर सडक कालोपत्र भएको छ भने ९ हजार ५ सय ८० कच्ची सडक र ९ हजार १ सय ३१  किलोमिटर सडक ग्राभेल भएको छ । 

कृषिमा  कर्जा प्रवाह घट्दो

कृषि क्षेत्र आकर्षणको केन्द्र बन्दै गएको भए पनि बैंक तथा वित्तीय संस्थाले कृषि कर्जा प्रवाह घटाएका छन् । २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित घटेको छ । कृषिमा गएको कर्जाले उत्पादकत्व बढाउने भए पनि गत वर्षभन्दा शून्य दशमलव ४ प्रतिशतले घटेर ३ खर्ब ३६ अर्ब ७३ करोड  कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । २०८० मा समेत कृिष कर्जा शून्य दशमलव ८२ प्रतिशतले कमी आएको थियो । समीक्षा वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ६१ अर्ब १९ करोड कर्जा पशुपालन÷पशु बधशाला शीर्षकमा कर्जा गएको छ । कृषि गएको कर्जालाई प्रदेशगत रूपमा सबैभन्दा धेरै बागमतीमा ३६ दशमलव ३ प्रतिशत, मधेशमा १८ दशमलव ७ प्रतिशत, कोशीमा १६ दशमलव ७ प्रतिशत र लुम्बिनीमा १५ प्रतिशत रहेको छ । यस्तै, सुदूरपश्चिममा ४ दशमलव ७ प्रतिशत र कर्णालीमा १ दशमलव ५ प्रतिशत रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर