२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

रुस–युक्रेन युद्धमा संलग्न बैतडीका भाटको मृत्यु

shivam cement
२०८२ पुष २० गते ०६:२०
Shares
रुस–युक्रेन युद्धमा संलग्न बैतडीका भाटको मृत्यु

बैतडी : रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको छ ।

करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकोमा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएको मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताए ।

भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन विवरण प्राप्त नभए पनि हालै मृत्यु भएको खबर परिवारलाई दिइएको उनले जानकारी दिए । मृतक भाटको घरमा आमा–बुबा, भाइ र श्रीमती छन् ।

भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका–९ असुरका अर्जुनदत्त भट्टको पनि गत वैशाखमा मृत्यु भएको थियो । सोही समयदेखि भाटको खोजी भइरहेको थियो ।

सम्बन्धित खबर