काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको महासचिव पदमा आकांक्षीहरु अझ बढ्दै गएका छन् । मध्यान्ह दैनिकको बुधबारको अंकमा महासचिवमा वर्तमान सचिव कमल काफ्ले र नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका पूर्व सचिव विनोद जंग केसी आकांक्षी रहेको समाचार प्रकाशित भएको थियोे ।
उक्त समाचार सार्वजनिक भएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान सचिव मेघनाथ भुर्तेल, एसोसिएसनका कोषाध्यक्ष कृष्णप्रसाद जैशी तथा सदस्य विक्रम श्रेष्ठले पनि महासचिवको लागि तयारी गरिरहेको बताए ।
सचिव काफ्लेले आफु हाल सचिवको जिम्मेवारीमा रहेकोले महासचिवमा आकांक्षा राख्नु सबैभन्दा न्यायोचित र प्राकृतिक रहेको दाबी गरे । संघका निवर्तमान सचिव भुर्तेलले संघमा काम गरी प्राप्त गरेकोे अनुभवले एसोसिएसनलाई प्रभावकारी बनाउन आफ्नो भूमिका प्रभावकारी रहने बताए । जैसीले प्रतिकुल परिस्थितिमा काम गरेर एसोसिएसनलाई प्रभावकारी बनाएकोले महासचिवमा दाबी राख्नु स्वभाविक रहेकोे बताए । श्रेष्ठले महासचिवको जिम्मेवारी आफुले अन्यले भन्दा प्रभावकारी ढंगबाट सञ्चालन गर्ने दाबी गरे ।
यस्तै युवा व्यवसायी सन्जय पनेरुले एसोसिएसनको तृतीय उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । गुडलक इन्टरनेशनलका संचालक पनेरुले मध्यान्हसँग संक्षिप्त कुरा गर्दै एसोसिएसनमा युवा व्यवसायीहरुको आकर्षण बढाउन र व्यवसायीका हकहितका लागि काम गर्न आफु सक्षम रहेको दाबी गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies