काठमाडौं : मलेसियास्थित नेपाली दूतावासले नेपाली कामदारको मागपत्र प्रमाणीकरण रोकेकोमा मलेसियाका रोजगारदाताहरु असन्तुष्ट बनेका छन् । सन् २०२० देखि बन्द रहेको मलेसिया रोजगारको मागपत्र मलेसियास्थित नेपाली दूतावासले गत माघ २८ गतेदेखि प्रमाणीकरण गर्न शुरु गरेकोे थियोे । करिब तीन वर्षदेखि रोकिएको डिमाण्ड एटेस्टेशनको कार्य शुरूवात भएको डेढ महिना नपुग्दै प्राविधिक कारण भन्दै पुनः रोकिँदा रोजगारदाताहरू दूतावास असहयोगी बनेको निष्कर्ष निकाल्दै असन्तुष्ट बनेको बताइएको छ ।
यसैबीचमा मलेसियाका प्रधानमन्त्री इस्माईल साब्री याकुबले आगामी मे महिनादेखि कामदारको न्यूनतम तलब १ हजार ५ सय बनाउने घोषणा गरे । मलेसियाका प्रधानमन्त्रीले सार्वजनिकरूपमा कामदारको तलब बढाउने घोषणा गरे पनि मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छैन । तर दूतावासमा यसअघिको निर्णय अनुसार न्यूनतम १ हजार २ सय तलब राखेर पेश गरेका मागपत्र प्रमाणीकरण गर्न आनाकानी गरेर आफुहरूलाई अविश्वास गरेकोे रोजगारदाताहरूको गुनासो रहेको एक व्यवसायीले बताए ।
मलेसियामा न्यूनतम तलबमा भेदभाव नरहेको भन्दै रोजगारदाताहरूले जहिले प्रमाणीकरण भएपनि सरकारले तोकेको तलब कामदारले पाउने अवस्थामा मागपत्र प्रमाणीकरणमा रोक्नु या ढिलाई गर्नु उचित नदेखिएको भनाइ राख्ने गरेकोे पनि बताइएको छ ।
यसबारेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्छ ( किसान ) पनि असन्तुष्ट देखिएका छन्। गत सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले पत्ररारहरुको प्रश्नको जवाफ दिंदै मलेसियास्थित नेपाली दूताबासले प्रमाणीकरण रेकेको भन्ने आफुले पनि सुनेको र यसबारे दूतावासमा कारण बुझ्दा दूताबासकावक्हि कर्मचारीवाई कोरोना संक्रमण भएर कार्यालय नआएका कारण काम रेोकिएको जवाफ पाएको बताए । कर्मचारी कार्यालय आउने बित्तिकै प्रमाणीकरण शुरु हुने भनिएको पनि मन्त्री श्रेष्ठले बताए ।
मलेसियास्थित नेपाली दूतावसमा कार्यरत काउन्सिलर श्रम दीपक ढकालले भने अप्रिल पहिलो तारिखदेखि नै मागपत्र प्रमाणीकरण शुरूवात गर्ने भनी सार्वजनिकरूपमा नै प्रष्ट पारेको कारणले सोही मितिदेखि नै मागपत्र प्रमाणीकरण हुने भएकाले शंका उपशंका गर्नु आवश्यक नरहेको मध्यान्हलाई बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies