२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

युके पठाउने भन्दै २८ लाख ठग्ने महर्जन पक्राउ

shivam cement
२०८२ पुष २५ गते ०६:२०
Shares
युके पठाउने भन्दै २८ लाख ठग्ने महर्जन पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै २८ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– १६ का अमन महर्जन रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि युके लैजाने भन्दै ३ जनालाई लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्कविहीन भएको भन्दै पीडितहरूले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नं. २ बाट पक्राउ परेका महर्जनलाई वैदेशिक रोजगार ऐनअनुसार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर