२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

नेपाली साझा मञ्च साउदीको अध्यक्षमा पुनः अञ्जान गुभाजु

shivam cement
२०८२ पुष २६ गते १८:५१
Shares
नेपाली साझा मञ्च साउदीको अध्यक्षमा पुनः अञ्जान गुभाजु

रियाद, साउदी अरब : ‘देशको लागि केही गरौं’ भन्ने मूल नारासहित साउदी अरबमा क्रियाशील नेपाली साझा मञ्च, साउदीले आफ्नो १०औं  वार्षिकोत्सव, चौथो अधिवेशन तथा नववर्ष २०२६ को शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

रियादस्थित नेपाली दूतावासका श्रम काउन्सेलर कबिराज उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दूतावासका प्रतिनिधि, विभिन्न संघ–संस्थाका अगुवा तथा ठूलो संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उप्रेतीले पानसमा बत्ती बालेर तथा अतिथिहरूबाट ब्यानरमा हस्ताक्षर गराई फरक शैलीमा गरिएको थियो ।

कार्यक्रममा मञ्चका महासचिव राजु केसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालु कार्यकालमा मञ्चमार्फत करिब १५ हजार नेपालीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित भएको जानकारी गराए । प्रमुख अतिथि उप्रेतीले मञ्चले गर्दै आएको सामाजिक कार्यको प्रशंसा गर्दै साउदीको कानुनी संवेदनशीलता र श्रमिक हितका विषयमा दूतावास सधैं गम्भीर रहेको बताए ।

अधिवेशनले आगामी २०२६ देखि २०२८ सम्मको कार्यकालका लागि अञ्जान गुभाजुको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष गुभाजुले श्रमिकहरूको हितमा बचत प्रवद्र्धन, बैंक खाता तथा डिम्याट सुविधा, निःशुल्क श्रम नवीकरण र सामाजिक सुरक्षा कोषसँग समन्वयजस्ता विषयमा मञ्चले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमलाई थप आकर्षक बनाउन नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायिका तुलसी क्षेत्रीले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाइन् । साथै स्थानीय कलाकार रोम लामा, दिव्या, दीक्षा थापा लगायतले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।

सो अवसरमा नेपाली राजदूतावास रियाद, जेद्दास्थित महावाणिज्य दूतावास, नेपाल वायु सेवा निगमकी कन्ट्री हेड अञ्जु शर्मा, एनआरएनए एनसिसी साउदीकी निवर्तमान अध्यक्ष तथा संरक्षक रबिना अर्याल, ग्लोबल आईएमई रेमिटका गल्फ हेड राम बी. क्षेत्री, कास्की सेवा समाज, मोरङ–सुनसरी समाज, झापाली समाज, स्याङ्जा सहयोग समाज, हेल्प मधेसीका अध्यक्ष श्यामकुमार महतो तथा प्रवासी मिलन एकता समाजका अध्यक्ष काजी गुरुङलाई नेपाली समुदायप्रति पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

नेपाली साझा मञ्च साउदीको २०२६–२८ कार्यकालका लागि प्रमुख संस्थागत संरक्षकमा कृष्ण पुरी, संरक्षकमा विष्णु घिमिरे र प्रमुख सल्लाहकारमा अकल प्रधान चयन भएका छन् । कार्यसमितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्षद्वय राजु केसी र भरत पौडेल, महासचिव तेजबहादुर सिलवाल (सिन्धुली), सचिव बिपुल ढुंगाना र कोषाध्यक्ष डिबी बलामी मगर चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा प्रनिशा रिमाल, राज जैरु, पुण्यप्रसाद घिमिरे, टिबी कुँवर, गंगाराम तामाङ, कृष्ण गिरी, नेत्र न्यौपाने, समर्पण रमदान मिया, प्रेम बोहरा, जगदिश खनाल, खड्ग तामाङ र सोम बिक रहेका छन् । मञ्चका सल्लाहकारमा टिकाराम पाण्डे र नागेश तामाङ चयन भएका छन् ।

सम्बन्धित खबर