
काठमाडौं : वैदेशिक राेजगार व्यवसाय पृष्ठभूमिका नेपाली कांग्रेसका नेताद्वय अब्दुल सत्तार र तिलकबहादुर रानाभाट पार्टीको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
सत्तार यसअघिको कार्यसमितिमा पनि केन्द्रीय सदस्य थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पूर्वअध्यक्ष रानाभाट नेपाली कांग्रेसको शुभेच्क्षुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका संस्थापक अध्यक्ष हुन् ।
हाल उनी संघको प्रमुख सल्लाहकारको जिम्मेवारीमा छन् । एशोसिएशनका बरिष्ठ उपाध्यक्ष राम प्रसाद गैरेले एशोसिएशनका कार्यसमिति नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा उभिएको बताएका छन् । उनले एशोसिएशनमा पार्टी विभाजनको असर नदेखिने दाबीसमेत गरे ।
एशोसिएशनमा आवद्व केही व्यवसायीले भने सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै नेपाली कांग्रेस भएको जिकिर गरेका छन् ।