
काठमाडौं : दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीमा रहेका कामदारको न्यूनतम पारिश्रमिक करिब ३ प्रतिशतले बढाएको छ । सन् २०२६ का लागि गत वर्षको पारिश्रमिकमा २ दशमलव ९ प्रतिशत वृद्धि गरिएको हो ।
जसअनुसार अब प्रतिघण्टा १० हजार ३२० वन हुनेछ । हप्तामा ४० घण्टा काम गर्नेले २१ लाख ५६ हजार वनभन्दा बढी पाउनेछन् । नेपाली रुपैयाँको पछिल्लो विनिमयदर अनुसार इपिएसमार्फत गएका कामदारको तलब मासिक २ लाख १६ हजार रुपैयाँ हाराहारीमा हुनेछ ।