२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

जर्घा मगरको नेतृत्वमा मगर व्यवसायी समाजको नयाँ कार्यसमिति

shivam cement
२०८२ माघ ११ गते ०६:२०
Shares
जर्घा मगरको नेतृत्वमा मगर व्यवसायी समाजको नयाँ कार्यसमिति

काठमाडौं : नेपाल मगर व्यवसायी समाजको अध्यक्षमा ओमबहादुर जर्घा मगर सर्वसम्मतिले निर्वाचित भएका छन् । शनिबार सम्पन्न समाजको ११औं वार्षिक साधारण सभापछि भएको कार्यसमितिको निर्वाचनमा निवर्तमान महासचिव जर्घामगर अध्यक्षमा निर्विरोध  निर्वाचित भएका हुन् ।

साधारण सभाले व्यवसायी जर्घा मगरको अध्यक्षतामा समाजको १४ सदस्यीय नयाँ कार्यसमिति निवार्चित गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रितमबहादुर मगर, द्वितीय उपाध्यक्षमा  मेघबहादुर मगर र तृतीय उपाध्यक्ष विरेन्द्र राना निर्वाचित भएका छन् । महासचिवमा डिल्लीराम भुजेल मगर, सचिवमा राधिका आले मगर र कोषाध्यक्षमा धनु सिञ्जाली मगर निर्वाचित भएका छन् । सिञ्जाली संघ कार्यसमितिकी पनि कोषाध्यक्ष हुन् ।

सदस्यहरूमा श्याम थापा मगर, राजकुमार मगर, शेरबहादुर पुर्वाछाने मगर, शान्ता थापा मगर, हर्षबहादुर आले मगर, खगेन्द्र आले मगर र बासु आले मगर निर्वाचित भएका छन् ।

समाजका अध्यक्ष जर्घा मगरले मगर समुदायबाट वैदेशिक रोजगारमा रहेका व्यवसायीहरूलाई समेटेर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अघि बढाउने व्यावसायिक हकहितका विषयमा सहकार्य गरेर अघि बढ्ने बताए ।

निवर्तमान अध्यक्ष पदमबहादुर आले मगरको सभापतित्वमा भएको साधारण सभाको उद्घाटन नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले गरेका थिए । साधारणसभा सफलताको कामना गर्दै अध्यक्ष गुरुङले संघको वर्तमान कार्यसमिति कसैसँग अनावश्यक रूपमा मोलाहिजा नगरी व्यवसायी र कामदारको हितमा प्रतिबद्ध रहेको बताए ।

उनले संघले उठाएका एजेन्डामा मगर समाजजस्ता घटक संस्थाहरूलाई गोलबन्द गर्दै अघि बढ्ने पनि बताए । कार्यक्रममा संस्थापक अध्यक्ष पुष्पबहादुर आले मगर, सल्लाहकार बाबुलाल मगर (नरेन्द्र), सल्लाहकार सिङ्गा मगर, कीर्तिमान मगरलगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर