२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

हमासका वरिष्ठ नेता हानियाको इजरायली हमलामा मृत्यु

Nada
२०८१ साउन १६ गते १२:१६
Shares
हमासका वरिष्ठ नेता हानियाको इजरायली हमलामा मृत्यु

काठमाडौं– हमासले बुधबार नवनिर्वाचित प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि हमासका राजनीतिक विभाग प्रमुख इानियाको इजरायली आक्रमणमा मृत्यु भएको छ । 

ncell

‘हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उहाँको मुख्यालयमा भएको यहुदी समूहको आक्रमणमा मारिनुभएको छ’, हमासले एक विज्ञप्ति जारी गरी नेता हानियाको मृत्युको पुष्टि गरेको छ । 

इरानको रिभोलुसनरी सुरक्षा गार्डले पनि तेहरानस्थित हानियाको निवासमा आक्रमण हुँदा उनीसहित एक अङ्गरक्षक मारिएको पुष्टि गरेको छ । ‘तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको निवासमा आक्रमण हुँदा हमास नेता हानिया र उहाँका एक अङ्गरक्षकको मृत्यु भएको छ’, इस्लामिक रिभोलुसनरी गार्ड निकट समाचार संस्था सेपाहले उल्लेख गरेको छ । 

हानिया मंगलबार इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शपथग्रहण समारोहमा भाग लिन तेहरान आएका थिए । इजरायली सेनाले हानियाको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन । सन् २००६ मा प्यालेस्टिनी प्रधानमन्त्री बनेका हानिया सन् २०१७ मा खालिद मेशालको उत्तराधिकारीका रूपमा हमासको राजनीतिक विभागका प्रमुखको रुपमा निर्वाचित भएका थिए ।  

व्यावहारिकतावादी मानिने हनिया प्राय टर्की र कतार गरी दुई देशमा निर्वासनमा बस्ने गरेको मानिन्छ । हानियाले हमासका प्रतिद्वन्द्वीहरूसहित विभिन्न प्यालेस्टिनी समूहका प्रमुखहसँग राम्रो सम्बन्ध राखेको बताइएको छ । इजरायली कब्जाको बिरूद्ध पहिलो प्यालेस्टिनी विद्रोहीको रूपमा सन् १९८७ मा हमासको स्थापना भएदेखि नै उनी यस समूहमा सामेल भएका थिए ।  (एजेन्सी)

सम्बन्धित खबर