२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

भारतमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो, उद्धार कार्य जारी

ADV
मध्यान्ह
२०८१ साउन १६ गते १२:४१
भारतमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो, उद्धार कार्य जारी

काठमाडौं– भारतको वायनाडमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १४३ पुगेको छ । पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको केरलाको स्वास्थ्य विभागले जनाएको छ ।  

विनासकारी पहिरोले आवास तथा सडकहरू क्षतिग्रस्त हुनुका साथै जलप्रवाह बढेकाले उद्धार कार्यमा बाधा पुर्याएको जनाइएको छ । यसैबीच, मंगलबार केरला विधान सभामा राष्ट्रिय झण्डा आधा झुकाएको छ भने दुई दिने शोकको घोषणा गरेको छ ।  

मंगलबार सङ्घीय मन्त्री जर्ज कुरियनले जारी राहत कार्यको समीक्षा गर्न वायनाड पुगी एनडीआरएफ, सीआरपीएफ र सेनाका वरिष्ठ अधिकारीहरूसँग भेट गरेको र राहत शिविरकोसमेत अवलोकन गरेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका छन् । 

मन्त्री जर्जले यसअघि, वायनाड पहिरोकोे जारी अवस्थाको मूल्याङ्कन गर्न स्वास्थ्य विभाग निर्देशनालयको भ्रमण गरी प्रभावित क्षेत्रमा उपचारको व्यबस्था मिलाउन निर्देशन दिए । उनले आवश्यकताअनुसार अस्थायी अस्पताल स्थापना गर्न सिफारिस समेत गरे । यसैबीच, भारतीय मौसम विज्ञान विभाग (आइएमडी)ले जुलाई ३१ र अगष्ट १ मा केरलामा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । 

मुख्यमन्त्री पिनाराई विजयनले वायनाडको पहिरो प्रभावित चुरालमालामा उद्धार कार्य द्रुत बनाउन उच्चस्तरीय बैठक आयोजनमा गरेका थिए । यसमा विभिन्न केन्द्रीय सङ्घसंस्था र सेनासँगको सहकार्यमार्फत राहत अभियान अघि बढाउने विषयमा छलफल भएको थियो । (एजेन्सी)

ADVADV

सम्बन्धित खबर

Advertise