
काठमाडौं : कतारले लाइसेन्स बिना सवारी चलाए तीन वर्ष कैद वा ५० हजार जरिवाना हुने व्यवस्था गरेको छ । कतारी ड्राइभिङ लाइसेन्स नै नभएका व्यक्तिहरूका हकमा नयाँ व्यवस्था लागू हुने बताइएको छ ।
कतारको गृह मन्त्रालयले दिएको जानकारी अनुसार लाइसेन्स बिना सवारी चलाउनु गम्भीर ट्राफिक अपराध भन्दै उक्त कसुर मिलापत्र वा सहमतिबाट समाधान हुन नसक्ने बताएको छ । मन्त्रालयका कैद र जरिवानाको नयाँ नियम मान्यताप्राप्त कतारी ड्राइभिङ लाइसेन्स नहुने व्यक्तिहरूमा सहित वैधानिक लाइसेन्स भए पनि जाँचका बेला कार्ड साथमा नराखेका चालकले ‘मेत्राश’ एपमार्फत लाइसेन्स पुष्टि गर्न सक्ने सहुलियत दिइएको छ ।
नेपाली चालकहरूले कतारमा लाइसेन्स लिन पूर्ण ड्राइभिङ परीक्षा पास गर्नुपर्छ । कतारी आवासीय अनुमति कार्ड आवासीय भिसासहितको पासपोर्ट, नेपाली ड्राइभिङ लाइसेन्सको प्रमाणित प्रति, आँखा परीक्षण प्रमाणपत्र, रोजगारदाताको स्वीकृति अनिवार्य छ । १८ वर्ष उमेर पुगेकाहरू हलुका सवारी साधन र २१ वर्ष उमेर पुगेकाहरू भारी सवारी साधनको परीक्षामा सहभागी हुन पाउँछन् ।