२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

इरान भ्रमण नगर्न ट्राभल एड्भाइजरी

Nada
२०८२ माघ १९ गते ०६:२०
Shares
इरान भ्रमण नगर्न ट्राभल एड्भाइजरी

काठमाडौं : नेपालले इरानमा भएका नेपालीलाई जतिसक्दो छिटो स्वदेश फर्किन आग्रह गरेको छ । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले आइतबार ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरानमा रहेका नेपालीलाई सकेसम्म छिटो नेपाल फर्किन र इरान जाने तयारी गरिरहेकाले भ्रमण स्थगित गर्न आग्रह गरेको छ ।

ncell

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले कुनै पनि आक्रमणले क्षत्रीय द्वन्द्व निम्त्याउने चेतावनी दिएका छन् । तस्निम समाचार एजेन्सीले खामेनीलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकीहरूलाई थाहा हुनुपर्छ कि यदि उनीहरूले युद्ध सुरु गरे भने यस पटक यो क्षत्रीय युद्ध हुनेछ ।’

नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्वपूर्ण डकुमेन्टहरू पासपोर्ट, परिचयपत्रलगायतहरू सहजै भेटिने स्थानमा राख्न र कतारस्थित नेपाली दूतावास वा परराष्ट्र मन्त्रालयको सम्पर्कमा रहिरहन भनेको छ । 

अमेरिका–इरान तनाव युद्धमा परिणत भएमा ठुलो संख्यामा रहेका नेपाली कामदार प्रभावित हुनेछन् । साउदी अरेबियाले वार्ता र कूटनीतिक तरिकाले अमेरिका र इरानबीचका सबै विवादास्पद मुद्दाहरूको शान्तिपूर्ण समाधान खोज्नुपर्ने भन्दै इरानविरुद्ध कुनै पनि सैन्य कारबाहीमा आफ्नो हवाई वा स्थल प्रयोग गर्न साउदी अरेबियाको अस्वीकार यथावत् रहेको बताएको छ ।

साउदीका युवराज मोहम्मद बिन सलमानले गत हप्ता इरानी राष्ट्रपति मसूद पेजेस्कियानलाई साउदीले इरानमाथि कुनै पनि सैन्य आक्रमणका लागि आफ्नो हवाई क्षेत्र वा भूमि प्रयोग गर्न नदिने बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर