२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

ग्यास अभावले आत्तिए उपभोक्ता, नाकाबन्दीमा जस्तै नाम टिपाउँदै

shivam cement
छबि सापकोटा
२०८२ माघ २१ गते ०६:३०
Shares
ग्यास अभावले आत्तिए उपभोक्ता, नाकाबन्दीमा जस्तै नाम टिपाउँदै

काठमाडौं : बजारमा ग्यासको आपूर्ति सहज नहुँदा खाना पकाउने ग्यासको अभावले काठमाडौंमा उपभोक्ता आत्तिएका छन् । एक महिनादेखि सुुरु भएको ग्यास अभाव सहज हुने भन्दा झनै संकटको अवस्थामा पुगेको छ । ग्यास नपाउँदा उपभोक्ताहरू नाकाबन्दीको समयमा जस्तै सधैं ग्यास लिने डिलरमा पुगेर नाम टिपाइरहेका छन् । 

काठमाडौं म्हेपीकी शर्मिला थापा नेपाल ग्यास डिलर धाएको १५ दिनसम्म ग्यास नपाएको बताउँछिन् । ‘केही दिनमा आउँछ भनेकै १५ दिन बित्यो अझै ग्यास पाइएको छैन । अहिले नाम त टिपाइको छ कहिले पालो आउने हो थाहा छैन,’ उनले भनिन्, ‘अहिले ग्यासको कहिले आउँछ दाइ ? भन्दा पसलले कहिले हो कहिले भन्ने जवाफ दिन्छन् ।’

अहिले हरेक कम्पनीको ग्यास सहज रूपमा पाइँदैन । ग्यासको माग र आपूर्तिबीचको सन्तुलन बिग्रिँदा उपभोक्तालाई ग्यासको अभावको सामना गरिरहेका छन् । ग्यासको अभावले उपभोक्ताको दैनिक नै ग्यास खोज्नेजस्तो भइरहेको चावहिलका प्रकाश तामाङ बताउँछन् । ‘सधंै लिने पसलमा जाँदा ग्यास नै आएको छैन भन्छन् । नजिकका कुनै पनि ग्यास पसलमा ग्यास छैन । अहिले ग्यास बेच्ने पसलमा ग्यास नहुँदा सटर नै बन्द गरेर बसेका छन् ।’ उनी भन्छन् ‘ग्यासको चरम अभाव हुँदासमेत कसैलाई चासो छैन । सबैलाई चुनाव मात्र लागेको छ । जनताको समस्याप्रति कसैलाई मतलव छैन ।’

ग्यास डिलर गर्ने व्यवसायी पनि केही साता अघिदेखि नै ग्यासको लोड नै कम भएको बताउँछन् । माग धेरै छ कम्पनीबाट ग्यास आउन सकिरहेको छैन । कम्पनीले पर्याप्त ग्यास बढाउन नसक्दा अभाव बढेको ग्यास विक्रेता महासंघका कोषाध्यक्ष श्रीहरि ढकाल स्वीकार गर्छन् । उनले भने, ‘अहिले बजारमा ग्यास नै आएको छैन । सबै कम्पनीको ग्यासको अभाव छ । डिलरहरूमा उपभोक्ताको चाप अत्यधिक छ । ग्यासको लिने आउने धेरै हुँदा पसल नै खोल्न असहज भइरहेको छ ।’

काठमाडांैमा नाकाबन्दीपछि घरमा दुईवटाभन्दा धेरै ग्यास प्रत्येकले राखेका छन् । अहिले ग्यासको अभावको हल्लाको कारण खाली भएको ग्यास एकैपटक भरेर राख्दासमेत समस्या देखिएको व्यवसायी बताउँछन् ।  

नेपाल आयल निगमअन्तर्गत एलपी ग्यास तथा एभिएसन विभागका निर्देशक विनितमणि उपाध्यायले ग्यासको अभाव गुनासो पछिल्लो दुई सातायता आइरहेको बताउँछन् । यसमा निगमले गम्भीरताका साथ लिएको भन्दै वाणिज्य विभागको सहकार्यमा अनुगमन सुरु गरिएको बताए । निगमले ग्यासको आयातको कोटासमेत बढाइसकेको भन्दै अहिले देखिएको समस्या हट्ने दाबी गरे । 

सम्बन्धित खबर