२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

म्यानमारमा १८ नेपालीलाई एक वर्ष जेल

shivam cement
२०८२ माघ २३ गते ०६:०५
Shares
म्यानमारमा १८ नेपालीलाई एक वर्ष जेल

काठमाडौं : म्यानमारका अवैधानिक स्क्याम केन्द्रमा शोषणमा परेका नेपाली एक वर्ष लामो जेल सजायमा परेका छन् । भिजिट भिसामा युएई गएका युवाहरू आकर्षक ‘अनलाइन जब’को प्रलोभनमा थाइल्यान्ड हुँदै म्यानमारका अवैधानिक स्क्याम केन्द्रमा पु¥याइएका युवाहरूमाथि अवैधानिक रूपमा बसेको अभियोगमा मुद्दा चलाएर १८ जनालाई एक वर्ष जेल सजाय सुनाइएको छ ।

यसअघि म्यानमारका अवैधानिक स्क्याम केन्द्रबाट उद्धार गरिएका नेपालीलाई थाइल्यान्ड सिमानामा ल्याई उद्धार गर्ने गरिएको थियो । पछिल्लोपटक भने म्यानमारले अध्यागमन कानुन उलंघन गरेको अभियोग लगाइएको घटना नयाँ भएको यांगुनस्थित नेपाली दूतावासले जनाएको छ ।

म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले नेपाली नागरिकमाथिको सजाय माफी गराउन त्यहाँको विदेश मन्त्रालय र गृह मन्त्रालयसँग अनुरोध गर्ने बताएका छन् । म्यानमारमा १८ नेपालीसहित ती अवैधानिक सेन्टरमा फिलिपिन्स, मलेसिया, इन्डोनेसिया, केन्या र भारतलगायत देशका ४ सय ९५ देशका नागरिकहरूलाई पनि जेल सजाय भएको छ । यसअघि विभिन्न समयमा ४ सय नेपालीहरूलाई उद्धार गरी नेपाल पठाइएको थियो ।

सम्बन्धित खबर