२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

बेलायत पठाउने भन्दै ठग्ने एक महिला पक्राउ

shivam cement
२०८२ माघ २३ गते ०६:१०
Shares
बेलायत पठाउने भन्दै ठग्ने एक महिला पक्राउ

काठमाडौं : आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ बस्ने नुवाकोट तार्केश्वर गाउँपालिका–१ घर भएकी ३६ वर्षीया कुमारी तामाङलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

दुई जनालाई बेलायत पठाइदिन्छु भन्दै ७ लाख ९० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले काठमाडौं महानगरपालिका–१२ बाट उनलाई पक्राउ गरेको हो । 

उनलाई वैदेशिक रोजगार ऐनअनुसार अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । विभागका अनुसार उनलाई म्याद थप गरी पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

सम्बन्धित खबर