२०८२ चैत ९ गते सोमवार / Mar 23 , 2026 , Monday
२०८२ चैत ९ गते सोमवार
Ads

अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

shivam cement
२०८२ माघ २३ गते १३:२९
Shares
अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने काभ्रे पाँचखल नगरपालिका–३ घर भएका ३५ वर्षीय रूपेश लामिछाने र काठमाडौं तारकेश्वर नगरपालिका–६ बस्ने धादिङ खनियाबास गाउँपालिका–३ घर भएका ३५ वर्षीय हिरा तामाङ रहेका छन् ।

पक्राउ मध्ये रूपेशले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र हिराले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रूपेशलाई काठमाडौं महानगरपालिका–३२ बाट र हिरालाई ललितपुर, ललितपुर महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

सम्बन्धित खबर