२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

अस्ट्रेलिया र स्लोभाकिया पठाउने भन्दै ठग्ने दुई पक्राउ

Nada
२०८२ माघ २४ गते ०६:३०
Shares
अस्ट्रेलिया र स्लोभाकिया पठाउने भन्दै ठग्ने दुई पक्राउ

काठमाडौं : रोजगारीका लागि अस्ट्रेलिया र स्लोभाकिया पठाउने भन्दै १७ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

ncell

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ बस्ने ३५ वर्षीय रुपेश लामिछाने तथा धादिङको खनेबा गाउँपालिका–३ बस्ने ३५ वर्षीय हिरा तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले पक्राउ परेकामध्ये लामिछाने अस्ट्रेलिया पठाउने भन्दै नौ लाख तथा तामाङ स्लोभाकिया पठाउने भन्दै आठ लाख ५० हजार लिई विदेश नपठाई सम्पर्कविहीन भएका थिए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर