२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

म्यान्मामा थप छ महिनाका लागि सङ्कटकाल अवधिको घोषणा

ADV
मध्यान्ह
२०८१ साउन १६ गते १८:३८
म्यान्मामा थप छ महिनाका लागि सङ्कटकाल अवधिको घोषणा

काठमाडौंः म्यान्माको सेनाप्रति बफादार (जुन्टा) ले बुधबार आपतकालीन अवस्थालाई छ महिनाका लागि विस्तार गरेको छ । सरकारले आपतकालिन अवस्थाको अवधि थप छ महिनाका लागि विस्तार गर्ने सर्वसम्मतिले निर्णय गरेको स्थानीय प्रसारक एमआरटिभीले जनाएको छ । 

सेनाले सन् २०२० को चुनावमा धोखाधडीको अप्रमाणित आरोप लगाएर सन् २०२१ मा आङ साङ सुकी नेतृत्वको निर्वाचित सरकारलाई सैन्य ‘कु’मार्फत हटाएर सत्ता कब्जा गरेको थियो । 

स्थापित जातीय अल्पसङ्ख्यक सशस्त्र समूह र नयाँ प्रजातन्त्र समर्थक ‘पिपुल्स डिफेन्स फोर्स’ द्वारा जुन्टा विरुद्धको सशस्त्र विरोधलाई दमन गर्न सङ्घर्ष गर्दा यसले आपतकालिन अवस्थालाई धेरै पटक विस्तार गरेको छ ।     म्यानमाको सेनाले बनाएको सन् २००८ को संविधान जुन्टाले अझै पनि लागू गरिरहेको छ । संविधानले आपतकालिन अवस्था हटेको छ महिनाभित्र नयाँ चुनाव गर्न निर्देश गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार म्यान्मामा सेना र विपक्षीबीचको झडपका कारण २७ लाख मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । (एजेन्सी)

ADVADV

सम्बन्धित खबर

Advertise