२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

ट्याक्टर दुर्घटनामा चालक र सहचालक घाइते

ADV
ओबराज शाही
२०८१ साउन १६ गते २०:३५
ट्याक्टर दुर्घटनामा चालक र सहचालक घाइते

हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका वडा नं.२ तर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।

सिमकोटबाट वडा नं.२ ठेहेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ त ० ३५२ नम्बरको ट्याक्टर गाउँ नजिकै दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले बताए ।

कच्ची सडकबाट ट्याक्टर पचास मिटर तल खसेको थियो । ट्याक्टर दुर्घटनाबाट सिमकोट गाउँपालिका वडा वडा नं.६ का चालक २७ वर्षका धनबहादुर सुनार र सहचालक सिमकोट गाउँपालिका वडा  नं.२ का २३ वर्षका प्रिती सुनार घाइते भएकी छन् । घाइते दुवै जनालाई ठेहे स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पतालमा लगिएको छ । ट्याक्टरमा सिमकोटबाट खाद्यान्न लोड गरिएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise