२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

वाइड स्पेसबाट शून्य लागतमा जाने आवेदकहरूलाई मासु भात खुवाएर अन्तर्वार्ता !

shivam cement
२०८२ माघ २९ गते ०६:१५
Shares
वाइड स्पेसबाट शून्य लागतमा जाने आवेदकहरूलाई मासु भात खुवाएर अन्तर्वार्ता !

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नं. १ अन्तर्गत रहेको गैह्रिधारामा बुधबार बिहानैदेखि चहलपहल थियो । ठुलो भिडभाडका कारण प्रहरीले गस्ती बढाएको थियो । देशभर चुनावी कार्यक्रमका चापाचाप भएको अवस्थामा काठमाडौंको निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने गैह्रिधारामा चुनावी कार्यक्रम भने थिएन । उक्त भिड वाइड स्पेस इन्टरनेसनल प्रालिले मलेसियाको एक्टमाक्स कम्पनीबाट ल्याएको शून्य लागत र नैतिक भर्ना प्रक्रिया अन्तर्गत अन्तर्वार्ता चलिरहेको थियो । रोजगारी खोज्न आएका युवायुवतीलाई म्यानपावर कम्पनीले मासुभातसहितको खाना खुवाएका कारण अन्तर्वार्तामा आएका आवेदकहरू यस्तो पनि हुने रहेछ भन्दै जीवनमा नै अनौठो अनुभव गरेको बताउँदै थिए ।

मलेसियाबाट आउने फ्रि भिसा फ्रि टिकट अर्थात् शून्य लागतको रोजगारीमा नेपाली युवायुवतीको अत्यधिक आकर्षण देखिएको छ । वाइड स्पेसले मलेसियाको एटमाक्स एसडिएन बिएचडीका लागि ४४० पुरुष र १६० महिला गरी ६ सय जनाको माग ल्याएको थियो ।

इलेक्ट्रो–मेकानिकल पाट्र्स निर्माणसम्बन्धी काममा जान हजारौं युवायुवती अन्तर्वार्तामा सहभागी भएका थिए । वाइड स्पेस इन्टरनेसनल प्रालिले प्रि–अन्तर्वार्ताका लागि विज्ञापन प्रकाशित गरेपछि मलेसियाको उक्त कम्पनीमा कार्यरत नेपालीहरूले फ्रि भिसा फ्रि टिकट अर्थात् शून्य लागतको रोजगारीमा छनोटका लागि अन्तर्वार्तामा सहभागी हुन सामाजिक सञ्जालमार्फत समेत आह्वान गरेका थिए ।

हाल राजधानीमा पठाओ चलाएर जीविकोपार्जन गर्दै आएका काभ्रेका २९ वर्षीय रविन तामाङले कम्पनीका प्रतिनिधिले अन्तर्वार्ता लिएर फ्रि भिसा फ्रि टिकट अर्थात् शून्य लागतको रोजगारीमा जान पाउनु आफ्ना लागि खुसीको क्षण भएको मध्यान्हलाई बताए । 

उनले भने, ‘मलेसियामा कार्यरत भान्जाले मलाई वाइड स्पेसमा एटमाक्स एसडिएन बिएचडीका लागि ठुलो डिमान्ड आउँदैछ भनेर भनेका थिए । पठाओ चलाउँदा दिनको कम्तीमा  एक पटक सम्पर्क गर्ने गरेको थिएँ । आज अन्तर्वार्तामा सहभागी भई सफल पनि भएँ अब मेडिकल गराउँछु ।’

धरानकी विमला राई एटमाक्स एसडिएन बिएचडीका लागि ४४० पुरुष र १६० महिला गरी ६ सय जनाको डिमान्ड आएको थाहा पाएपछि अवसर छुट्ने भयो भन्दै जहाज नै चढेर काठमाडौं आएर प्रि–अन्तर्वार्तामा सहभागी भइन् । उनले भनिन्, ‘राम्रो कम्पनीको डिमान्ड भनेपछि मलाई जहाजको टिकट महँगो लागेन । वाइड स्पेस इन्टरनेसनल प्रालिको कार्यालयमा आएर सिधै आवेदन दिएर प्रि–अन्तर्वार्तामा सहभागी भएँ ।’

नक्साल तुलाचा चोक, गैह्रिधारामा बुधबार अन्तर्वार्ताको मिति तोकिएको थियो । अन्तर्वार्ताका लागि काठमाडौं आएका कम्पनी प्रतिनिधि मुहम्मद असिफ बिन अब्दुल्लाह, नुरस्यजवानी बिन्ती अबु कासिम, अमीरुलामिन बिन मत युनुस र योङ जि टाङले अन्तर्वार्तामा कामको ज्ञान र सीपका अतिरिक्त भर्ना प्रक्रियामा एजेन्ट वा अन्य बिचौलियाहरूको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहे÷नरहेको, भर्ना शुल्कका नाममा रकम उठाएको÷नउठाएको एकिन गर्न अनेकौं कोणबाट जाँचबुझ गरिरहेका थिए । कामदार छनोटमा इस दृष्टि संस्थाले तेस्रो पक्ष निगरानी ‘थर्ड पार्टी अडिट’ समेत गरिरहेको छ ।

नेपाली म्यानपावर कम्पनी प्रतिनिधि राम श्रेष्ठले अन्तर्वार्ता र छनोट प्रक्रियामा निष्पक्ष, पारदर्शी र नैतिक छनोटका सिद्धान्तहरूको पालना गरेको जानकारी दिँदै आवेदकहरूको उच्च संख्या र कोटाको सीमिततालाई ध्यानमा राख्दै अन्तिम अन्तर्वार्ताअघि प्रारम्भिक छनोट प्रक्रिया लागू गरेको बताए ।

उक्त प्रक्रियाअन्तर्गत सबै आवेदकहरूलाई आवेदन दिनका लागि अवसर प्रदान गरी वस्तुनिष्ठ छनोटका लागि पूर्व सूचना दिइएको बताए । उनले प्रारम्भिक छानबिन चरण सफलतापूर्वक पास गर्ने उम्मेदवारहरूलाई मात्र अन्तिम अन्तर्वार्तामा उपस्थित हुन आमन्त्रित गरिने नीति रहेको पनि जानकारी दिए । शून्य लागत रोजगारीको अन्तर्वार्तामा सहभागीहरूलाई कम्पनीले मासुका परिकारसहितको खाना खुवाएको थियो । सञ्चालक श्रेष्ठले भने, ‘छनोट प्रक्रिया पूर्ण रूपमा पारदर्शी र निःशुल्क छ, नैतिक अभ्यासहरूलाई राम्रोसँग पछ्याइएको छ । जिम्मेवार, निष्पक्ष र पारदर्शी भर्ना प्रक्रियाका लागि मलेसियाली रोजगारदाताप्रति पनि कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।’

कम्पनीमा रोजगारीका लागि जाने कामदारको भिसा शुल्क, हवाई टिकट, स्वास्थ्य परीक्षण तथा भर्ना प्रक्रियाका अन्य शुल्क रोजगारदाता कम्पनीले व्यहोर्ने गरेको छ ।  

नेपाली नागरिकलाई वैदेशिक रोजगारीको अवसर प्रदान गर्नुका साथै शून्य लागतको अभ्यासमार्फत सुरक्षित, मर्यादित र पारदर्शी रोजगारी सुनिश्चित गर्दै देशमा रेमिट्यान्स भित्र्याउन सहयोग पु¥याउने विषयलाई कम्पनीले उच्च कदर गरेको पनि श्रेष्ठले बताए । उनले रेमिट्यान्सले देशको अर्थतन्त्र र कामदारको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनुका साथै वैदेशिक रोजगारीलाई सम्मानजनक र दिगो बनाएको समेत टिप्पणी गरे ।

उनले नैतिक, न्यायोचित र शून्य लागतको वैदेशिक रोजगार भर्नाको प्रक्रियामा प्रतिबद्ध रहेका म्यानपावर कम्पनीलाई नेपाल सरकारले मागपत्र प्रमाणीकरणलगायतका विषयमा सहजता गरी प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिए । 

शून्य लागतको वैदेशिक रोजगारीले नेपाली कामदारहरूलाई ऋणको बोझबिना सुरक्षित, मर्यादित र सम्मानजनक रोजगारी सुनिश्चित गरेको र भर्ना प्रक्रियामा हुने अनावश्यक शुल्क, दलाल प्रथा, जबरजस्ती ऋण र ठगीजस्ता समस्याहरू समाधान गरेको पनि श्रेष्ठको भनाइ छ ।

सम्बन्धित खबर