२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

भिजिट भिसा प्रकरण : सुवेदीलाई धरौटीमा छाड्न आदेश

shivam cement
२०८२ फागुन १ गते ०६:२०
Shares
भिजिट भिसा प्रकरण : सुवेदीलाई धरौटीमा छाड्न आदेश

काठमाडौं : विशेष अदालतले भिजिट भिसा प्रकरणमा बिचौलिया खेमप्रसाद सुवेदीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । उनीमाथि करिब २ करोड रुपैयाँ बिगो कायम गरी सजायको माग दाबीसहित मुद्दा दायर गरिएको थियो ।

उनीमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ गरी घरेलुु काममा वैदेशिक रोजगारमा जाने महिलालाई सेटिङको आधारमा भिजिट भिसामा पठाएको गम्भीर आरोप थियो । तत्कालीन प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस विषयमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जोडेर राजीनामा माग गर्दै लामो समय संसद् बहिष्कारसमेत गरेको थियो ।

विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सुवेदीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो ।

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसमेतको मिलेमतोमा भिजिट भिसाका नाममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुवेदीविरुद्ध मुद्दा दायर गरेको थियो ।

भट्टराई यसअघि नै पाँच लाख रुपैयाँ धरौटीमा छुटिसकेका छन् । सुवेदीमाथि भट्टराईले घुसबापत जम्मा गरेको रकम लुकाउन र वैध बनाउन भूमिका खेलेको भन्दै सम्पत्ति शुद्धीकरणमासमेत मुद्दा चलेको छ ।

ताजा खबर

सम्बन्धित खबर