ताइपेई [ताइवान], अप्रिल 16 (एएनआई): एक मिडिया रिपोर्टका अनुसार चीनमा विद्रोहको लागि पाँच वर्षको जेल सजाय भोगेका एकजना ताइवानी अधिकारकर्मी शुक्रबार ताइवान फर्किए र चीनमा मानव अधिकार उल्लङ्घनको बारेमा उनले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
चीनले १,८५२ दिनभन्दा बढी समयसम्म अनुचित ढंगले थुनामा राखेपछि ली मिङ चेह आज अप्रिल १५, २०२२ को बिहान करिब १० बजे ताइवानको ताओयुवान अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगे,ू रेडियो फ्री एशियाले अधिकारवादी समूहहरूको गठबन्धनको बयानलाई उद्धृत गरेको छ। उक्त समाचारको शिर्षक नै ली को रिहाई भन्ने राखिएको छ ।
आफ्नी श्रीमतीसँग जारी गरिएको संयुक्त विज्ञप्तिमा लीले पाँच वर्ष जेलमा बिताएपछि आफूलाई संसार अपरिचित देखिन थालेको तर चीनमा आफूले भोगेको एक्लोपनभन्दा अहिलेको एक्लोपन पूर्णतया फरक रहेको बताए। ूअब म प्रेमले अँगालोमा छु, आतंकले घेरिएको छैन,ू मिडिया आउटलेटले उनलाई उद्धृत गरेको छ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies