२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

साउदीको जेद्वामा एकदिने घुम्ती शिविर सम्पन्न

Nada
२०८२ फागुन २ गते ०९:२८
Shares
साउदीको जेद्वामा एकदिने घुम्ती शिविर सम्पन्न

जेद्वाः नेपाली महावाणिज्यदूतावास, जेद्दाले गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति, जेद्दासँगको सहकार्यमा जेद्दाको अल खुम्राह क्षेत्रमा एकदिने घुम्ती शिविर आयोजना गरेको छ।

ncell

उक्त शिविरमा साउदी अरबको अबीर ग्रुप अस्पताल समूहको सहयोगमा खटिएको मेडिकल टोलीले नेपाली श्रमिकहरूलाई स्वास्थ्य सेवा प्रदान गरेको थियो। शिविरबाट करिब १०० जना नेपाली श्रमिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

शिविरमा आँखाको जाँच तथा परीक्षण, रक्तचाप र सुगर परीक्षण, विभिन्न रोगसम्बन्धी परामर्श सेवा उपलब्ध गराइएको थियो। त्यसैगरी, राहदानीसम्बन्धी सेवा तथा भिसाका लागि आवश्यक प्रक्रियामा सहजीकरण गरिएको थियो। श्रमिकहरूलाई साउदी श्रम कानुन, श्रमिक अधिकार तथा वित्तीय साक्षरतासम्बन्धी जानकारीसमेत प्रदान गरिएको महावाणिज्यदूतावासले जनाएको छ।

नियमित रूपमा सञ्चालन हुँदै आएका यस्ता घुम्ती शिविरहरूबाट महावाणिज्यदूतावासमा प्रत्यक्ष रूपमा सेवा लिन असमर्थ नेपाली श्रमिकहरू लाभान्वित हुँदै आएका छन्। शिविरकै क्रममा नेपाली श्रमिकहरूसँग श्रम तथा कन्सुलरसम्बन्धी विविध विषयमा अन्तक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो।

कार्यक्रममा महावाणिज्यदूत पारस पन्डित सहित महावाणिज्यदूतावासका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। महावाणिज्यदूतावासले आगामी दिनमा पनि श्रमिकमैत्री सेवा र सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
 

ताजा खबर

सम्बन्धित खबर