२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

विदेश पठाउने भन्दै ठग्ने ४ पक्राउ

Nada
२०८२ फागुन ४ गते २२:००
Shares
विदेश पठाउने भन्दै ठग्ने ४ पक्राउ

काठमाडौं : उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

ncell

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्कविहीन भएको उजुरी परेपछि उनीहरूलाई काठमाडौं उपत्यकका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

प्रहरीले बेलायत र अस्ट्रेलिया पठाउने भन्दै विभिन्न व्यक्तिबाट ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा धर्मप्रसाद राई र ५ लाख ८५ हजार रुपैयाँ ठगी गरेकोे आरोपमा निमा डोल्मालाई पक्राउ गरिएको बताएको छ । राई झापा अर्जुनधाराका बासिन्दा हुन् भने लामा काठमाडौं तार्केश्वरकी हुन् ।

त्यस्तै झापा अर्जुनधाराका गोविन्दप्रसाद निरौला दुई जनालाई टर्की पठाउने भन्दै दुई लाख ३ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । त्यस्तै रोमानिया पठाउने भन्दै ७ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा गोरखाका सुरजबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

ताजा खबर

सम्बन्धित खबर