२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

दक्ष नेपालीले जापानी रोजगारदाता खुसी : सचिव डा. काफ्ले

Nada
२०८२ फागुन ७ गते ०६:२०
Shares
दक्ष नेपालीले जापानी रोजगारदाता खुसी : सचिव डा. काफ्ले

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेले नेपाल र जापान सरकार तथा जनस्तरमा राम्रो सम्बन्ध कायम भएको अवस्थामा जनशक्ति तालिमले नेपाली युवायुवतीलाई लाभ पुग्ने बताएका छन् । बुधबार राजधानीमा फोडेज तालिम केन्द्रको संयुक्तरूपमा उद्घाटन गर्दै सचिव डा. काफ्लेले सो कुरा बताएका हुन् । 

ncell

जापानमा ३ लाख नेपाली अध्ययन र रोजगारीमा रहेको भन्दै सचिव डा. काफ्लेले श्रम सम्झौता तथा अन्य पक्षलाई समयसापेक्ष बनाउनुपर्ने बताए । उनले ज्ञान र सीपयुक्त जनशक्ति कामका लागि जापान जाँदा त्यहाँका रोजगारदाता खुसी भएको बताए । 

जापानी मन्त्रीसँग हालै भएको भेट र छलफल उद्धृत गर्दै सचिव काफ्लेले फेब्रुअरी २४ मा हुने नेपाल–जापान रोजगार समिट नेपालीका लागि लाभदायक हुनसक्ने उल्लेख गरे । समिटले दुवै मुलुकलाई लाभ पुग्ने भन्दै सचिव डा. काफ्लेले ‘नेपाल सर्वजन हिताय सर्वजन सुखायः’को मान्यतामा रहेको पनि बताए । 

कार्यक्रममा जापानका लागि पूर्वराजदूत डा. मदनकुमार भट्टराई, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेत, वरिष्ठ व्यवसायी तथा संघका सल्लाहकार नवराज केसी, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टलगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर