२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

टर्की : वैदेशिक रोजगारका लागि ओझेलमा परेको मुलुक

shivam cement
मदनकुमार श्रेष्ठ
२०८२ फागुन ८ गते ०६:१५
Shares
टर्की : वैदेशिक रोजगारका लागि ओझेलमा परेको मुलुक

इस्तानबुल, टर्की : दक्षिणपूर्वी युरोप र पश्चिमी एसियामा फैलिएको टर्की एक अन्तरमहाद्वीपीय देश हो । राजधानी अंकारा भएपनि सबैभन्दा ठुलो सहर इस्तानबुल हो । समृद्ध इतिहास, विविध संस्कृति र रणनीतिक स्थानका लागि परिचित टर्की पूर्वी र पश्चिमी व्यापार मार्गहरू जोड्ने विविध अर्थतन्त्र भएको एक प्रमुख क्षेत्रीय शक्तिका रूपमा रहेको छ ।

टर्कीको पूर्वीभागमा नेपालीहरू वैदेशिक रोजगारका लागि आएका छन् । टर्कीमा नेपाली कामदारहरू निर्माण, उत्पादन, आतिथ्य र घरेलु सेवा जस्ता क्षेत्रहरूमा कार्यरत छन् । प्रतिमहिना लगभग २५ हजार टर्किस लिरा करिब साढे ६ सय अमेरिकी डलर (करिब ८७ हजार रुपैयाँ) तलब पाउने टर्कीमा प्रायः नेपाली कामदार वैधानिक हैसियतमा रहेका छन् । टर्कीमा नेपाली कामदारहरूका लागि उत्पादन, कपडा कारखाना, निर्माण, आतिथ्य क्षेत्रमा दक्ष र अदक्ष दुवै श्रमिकका लागि उच्च माग रहेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार टर्कीमा १ हजार ७ सय ९६ नेपाली कामदार आएका थिए । त्यसमा म्यानपावर कम्पनीहरूले जम्मा १ सय ११ जना पठाएको देखिन्छ । पाकिस्तानमा रहेको नेपाली राजदूतावासले टर्कीको पनि जिम्मेवारी पाएको छ । पाकिस्तान पुगेर मागपत्र प्रमाणीकरण गराउनु झन्झटिलो भएको कतिपय व्यवसायीको गुनासो छ । टर्कीमा नेपाली जनशक्तिको सीप र क्षमताअनुसारको रोजगारी भएपनि बजार प्रवर्धनको सरकारी उपेक्षा र मागपत्र प्रमाणीकरणको झन्झटिलो प्रक्रियाले टर्कीमा ठुलो संख्या नेपाली आउन नसकेको कतिपयको टिप्पणी छ ।

टर्कीबाट युरोपेली मुलुक पठाउँछु भन्ने नेपाली दलालको प्रलोभनले युवाहरू भिजिट भिसामा टर्की पुग्ने गरेका छन् । टर्कीबाट ग्रिस जाने र त्यहाँ एसाइलम फाइल गरिदिने भन्दै युएईमा रहेका अधिकांश पाकिस्तानी दलालले नेपालीलाई फसाउने गरेको पाइन्छ । कतिपय पाकिस्तानी दलालले नेपालीलाई अपहरण गरी रकमसमेत असुल्ने गरेको गैरआवासीय नेपालीहरूको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर