
काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले फागुन २१ गते हुने प्रतिनिधिसभन निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन निर्वाचन परिचालन मूल समारोह समिति गठन गरेको छ ।
एसोसिएसनले अध्यक्ष दीपक थापाको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन मूल समारोह तथा प्रचारप्रसार समिति गठन गरेको हो । एसोसिएसनले कोशी प्रदेशमा नरेन्द्रप्रसाद ढकाल, मधेश प्रदेशमा दानबहादुर बुढाथोकी, बागमती प्रदेशमा विनोदजंग केसी, गण्डकी प्रदेशमा श्यामप्रसाद श्रेष्ठ, लुम्बिनीमा रामप्रसाद गैरे, कर्णालीमा ऋषिप्रसाद शर्मालाई संयोजक तोकेको छ ।
एसोसिएसनले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका १६५ वटै क्षेत्रका उम्मेदवारलाई विजयी गराउन काम गर्ने बताएको छ । अध्यक्ष थापाले आगामी निर्वाचनमा पार्टीको नीति, विचार र उम्मेदवारको पक्षमा शुभेच्छुक संस्थामा आबद्ध वैदेशिक रोजगार व्यवसायीलाई आफ्नो जिल्ला र क्षेत्रमा सक्रिय बनाउन आह्वान गरिएको बताए ।