
काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि मुख्य राजनितिक दलको घोषणापत्रको केन्द्रमा अर्थतन्त्रमै नै प्राथामिकता दिएका छन् । निर्वाचनका लागि नेपालका प्रमुख राजनीतिक दलहरूले आफ्ना घोषणापत्र देशको अर्थतन्त्र पुनरुत्थान, रोजगारी, पर्यटन, उर्जादेखि अर्थतन्त्रको आकार मुख्य एजेन्डा बनाएका छन् ।
पछिल्लो आर्थिक अवस्थालाई फड्को मार्नेका लागि सबै राजनीतिक दलहरुले महत्वाकांक्षी एजेन्डा ल्याएका छन् । नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का घोषणापत्रलाई विश्लेषण गर्दा नेपालको आर्थिक समृद्धिका लागि आत्मनिर्भर अर्थतन्त्रको रोडम्याप देखाएका हुन । दलहरुको घोषणापत्रको देशको ५ वर्षमा नयाँ फड्को मार्ने दाबी सबैले गरेका छन् । अर्थतन्त्रको आकार, प्रतिव्यक्ति आयदेखि रोजगारी सृजनामा दलहरुले घोषणापत्रमा प्राथामिकता राखेका छन् ।
नेपाली कांग्रेसले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १ सय १५ खर्ब रुपैयाँ पुर्याउने र प्रतिव्यक्ति आम्दानी २५ सय अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । यस्तै अस्थिर कर नीतिले लगानीको वातावरण बन्न सकेको भन्दै १० देखि १५ वर्षमा करको दरलाई नै नआउने घोषणा गरेको हो । नेकपा (एमाले)ले ५ वर्षमा अर्थतन्त्र १०० खर्ब र १० वर्षमा २०० खर्ब पुर्याउने घोषणा गरेको छ । एमालेले प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउनेदेखि १५ वर्ष भित्र पूर्वपश्चिम विद्युतीय रेलमार्ग बनाइसक्ने समेत घोषणा गरेको छ । नेपालले आर्थिक बृद्धिदर ७ देखि ९ प्रतिशत पुर्याउने उल्लेख गरेको छ ।
पुर्व अर्थमन्त्री युवराज खतिवडाले खानी,उर्जा, ग्यास र पर्यटनबाट आर्थिकबृद्धिदर बढाउन सकिने बताउछन् । भूकम्पको बेलामा समेत नेपालको अर्थिकबृद्धिदरमा सुधार देखिएकोले आगामी दिनमा विद्युत उत्पादन र निर्यातले समृद्धिको आधार बनेको उनको भनाई छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५ देखि ७ वर्षभित्र अर्थतन्त्रको आकार १०० अर्ब डलर बनाउने घोाषणा गरेको छ भने प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने बाचा गरेको छ । २ वर्ष भित्र राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्ने दाबी गरेको छ । । नेपाली कम्युनिस्ट पार्टीले पनि पाँच वर्षमा १० प्रतिशत आर्थिक वृद्धिदर र १५ लाख लाई रोजगारी दिने र स्टार्टअप र आईटी उद्योगलाई पाँच वर्षसम्म कर छुट हुने घोषणापत्रमा छ
नेपाली कांग्रेस
- १ सय १५ खर्ब रुपैयाँ अर्थतन्त्र
- पाँच वर्षमा आर्थिक पुनरुत्थान अर्थदशक घोषणा
- करका दरहरु १० देखि १५ वर्षसम्म स्थिर राख्ने
- न्यूनतम साझा आर्थिक एजेन्डामा राष्ट्रिय सहमति
- वार्षिक १० लाखरुपैयाँसम्मको व्यक्तिगत आयमा आयकर नलाग्ने
- पाँच वर्षभित्र १५ लाख नयाँ रोजगारी
- प्रतिव्यक्ति आयलाई आगामी पाँच वर्षभित्र २,५०० अमेरिकी डलर
- पाँच वर्षमा १४,००० मेगावाट विद्युत उत्पादन
- स्टार्टअप युवा व्यवसायलाई ५ देखि ५० लाख बिना धितो परियोजनाको आधारमा ऋण
- कृषि बिमाको प्रिमियममा ९० प्रतिशतसम्म अनुदान
- नेपाली उत्पादन नेपाली सान अभियान
- भ्याटलाई १३ वाट १० प्रतिशतमा झार्ने
नेकपा (एमाले)
- पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०० खर्ब
- १० वर्षभित्र २०० खर्ब रुपैयाँ पुर्याउने
- पाँच वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर
- ७ देखि ९ प्रतिशतसम्म आर्थिक वृद्धिदर
- ५ लाखलाई रोजगारी सृजना
- श्रमिकको न्यूनतम तलव २५ हजार रुपैयाँ सुनिश्चित
- पूर्व–पश्चिम विद्युतीय रेलमार्ग १० वर्षभित्र सम्पन्न गर्ने
- सबै नागरिकको अनिवार्य स्वास्थ्य बीमा र सामाजिक सुरक्षा
- तीन वर्ष निर्यात दोेब्बर ५ वर्षमा तेब्बर
- नेपाललाई अर्गानिक हब बनाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
- अर्थतन्त्रको आधार १०० अर्ब डलर
- ‘डिजिटल अर्थतन्त्र’ लाई प्राथमिकता
- स्टार्टअप र प्रविधि क्षेत्रमा केन्द्रित हुने
- पाँच वर्षमा १२ लाख रोजगारी
- १० वर्षमा ३०,००० मेगावाट जलविद्युत उत्पादन
- आर्थिक प्रगतिका बाधक दुई दर्जन ऐन खारेज
- आर्थिक बृद्धिदर ७ प्रतिशत
- प्रतिव्यक्ति आय ३ हजार
- राष्ट्रिय गौरवको आयोजना २ वर्ष भित्र सम्पन्न गर्ने
- १० वर्षमा ३० अर्ब डलरको आईटी निर्यात
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
- पाँच वर्षमा आर्थिक वृद्धिदर १० प्रतिशत
- पाँच वर्षमा १५ लाख रोजगारी
- ‘कृषि लगानी दशक’ घोषणा र उत्पादनमा आत्मनिर्भरता
- पाँच वर्षमा कुल क्षमता १५,००० मेगावाट विद्युत उत्पादन
- पाँच वर्ष भित्र ८० प्रतिशत भूभागमा सिचाँइ
- स्टार्टअप र आईटी उद्योगलाई पाँच वर्षसम्म कर छुट