२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

दुई समुदायबीच झडप, श्रीपुर क्षेत्र तनावग्रस्त

shivam cement
लालबाबु बानिया
२०८२ फागुन १० गते २१:५१
Shares
दुई समुदायबीच झडप, श्रीपुर क्षेत्र तनावग्रस्त

पर्सा : पर्साको वीरगंज महानगरपालिका–११ श्रीपुर क्षेत्रमा आइतबार दुई समुदायबीच भएको विवाद उग्र बन्दा अवस्था केहीबेर तनावग्रस्त बनेको छ ।

स्थानीयका अनुसार हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न सामान्य विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएको थियो । झडप नियन्त्रण गर्न घटनास्थलमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले स्थिति सामान्य बनाउन प्रयास गरेको थियो । भीडले अटेर गरेपछि प्रहरीले लाठीचार्जसमेत गरेको जनाइएको छ । दुवै पक्षबीचको झडपमा करिब ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि नारायणी अस्पताल पठाइएको स्थानीयले बताएका छन् । 

स्थिति नियन्त्रणका लागि गस्तीमा रहेको नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको थियो । सेनाको उपस्थितिपछि भीड तितरबितर भएको र अवस्था क्रमशः सामान्य बन्दै गएको बताइएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा साम्प्रदायिक सद्भाव बिगार्ने प्रयास भएको भन्दै स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न र शान्ति कायम राख्न आग्रह गरेको छ ।

सम्बन्धित खबर