२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

भारतका पूर्व ‘ब्याट्सम्यान’ तथा प्रशिक्षक गायकवाडको निधन

ADV
मध्यान्ह
२०८१ साउन १७ गते १५:१६
भारतका पूर्व ‘ब्याट्सम्यान’ तथा प्रशिक्षक गायकवाडको निधन

काठमाडौंः भारतका पूर्व ‘ब्याट्सम्यान’ तथा दुई पटक राष्ट्रिय प्रशिक्षक बनेका अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याका गायकवाडको बुधबार पश्चिमी शहर बरोडामा विविधस्वास्थ्य समस्याका कारण निधन भएको थियो ।

राष्ट्रिय टोलीको चयनकर्ता र प्रशिक्षक बन्नुअघि उनले भारतका लागि ४० टेस्ट र १५ एकदिवसीय खेल खेलेका थिए । गायकवाडले सन् १९८२ र सन् १९८३ को शृंखलामा पाकिस्तानविरुद्ध ७० टेस्ट इनिङ्समा एक हजार ९८५ रन बनाएका थिए । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाहले पूर्व क्रिकेटर गायकवाडको मृत्युको पुष्टि गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अंशुमान गायकवाडको परिवार र साथीहरूप्रति मेरो गहिरो समवेदना छ । यो सम्पूर्ण क्रिकेट जगतका लागि हृदयविदारक घटना हो ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि क्रिकेटर गायकवाडको निधनप्रति दुःख व्यक्त गरेका थिए । प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘उहाँ एक प्रतिभाशाली खेलाडी र उत्कृष्ट प्रशिक्षक हुनुहुन्थ्यो । उहाँको निधनले हामीलाई मर्माहत बनाएकोे छ । उहाँको परिवार र प्रशंसकहरूप्रति समवेदना व्यक्त गर्दछु ।’ 

तत्कालिन समयमा हेल्मेटको प्रयोगबिना र बाउन्सरमा प्रतिबन्ध नहुँदासमेत गायकवाड वेस्ट इन्डिजका तीव्र गतिका बलरहरूको निडरतापूर्वक सामना गर्ने खेलाडीका रूपमा परिचित थिए । माइकल होल्डिङको बाउन्सरले कानमा लागेपछि उनको कानको शल्यक्रिया गरिएको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise