२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

शून्य लागतमा इमिनेन्सले पठाएका कामदारहरू खुसी

Nada
२०८२ फागुन १२ गते ०६:२०
Shares
शून्य लागतमा इमिनेन्सले पठाएका कामदारहरू खुसी

काठमाडौं : रोजगारीका लागि मलेसिया जान सुनसरीको इनरुवाबाट काठमाडौं आएका विक्रम उराव आफूलाई सूचना दिने साथी तिलक लिम्बूले भनेझैं भएपछि दंग थिए । त्यस्तै दंग थिए धनकुटाका सञ्जय श्रेष्ठ पनि ।

ncell

उनीहरू दुवै जनालाई मलेसियाको बहुचर्चित कम्पनी आइओआई प्लान्टटेसन सर्भिस एसडिएन बिएचडीको फ्रि भिसा फ्रि टिकट अर्थात् शून्य लागतको डिमान्ड एमिनेन्स रिक्रुटमेन्ट इन्टरनेसनल प्रा.लि.मा आएको जानकारी मलेसियाबाटै साथीहरूले दिएका थिए ।

वैदेशिक रोजगारमा जान म्यानपावर कम्पनी र एजेन्टलाई आफन्त र साथीभाइले ठुलो रकम खर्च गरेको देखेका उनीहरूलाई एमिनेन्सबाट मलेसिया जान कुनै रकम लागेन । उनीहरूलाई पठाउने एमिनेन्स रिक्रुटमेन्टले काठमाडौं आउँदा लागेको बस भाडाबापत दुई हजार रुपैयाँसमेत दिएको थियो ।

ओेरिएन्टेसन कक्षाका दिन मासुभातले स्वागत गरेको कम्पनीले मलेसिया उड्नुअघि सुविधासम्पन्न होटलमा कम्पनीको तर्फबाट भोजन र बस्ने व्यवस्था मिलाएको थियो । मलेसिया जान एक रुपैयाँ पनि खर्च नगरेका उनीहरूले राहदानी र स्वास्थ्य परीक्षणबापत ५१० रिंगेट करिब १९ हजार रुपैयाँ मलेसियामा पहिलो महिनाको तलबमा गाभेर पाउने छन् । ओरिएन्टेसनको २१ सय रुपैयाँ पनि उनीहरूले म्यानपावर कम्पनीबाट पाएका थिए । उनीमात्रै नभई एमिनेन्स रिक्रुटमेन्टबाट मलेसिया जान लगेका अन्य ३६ जना पनि शून्य लागतमा जान पाउँदा उत्तिकै खुसी थिए ।

वैदेशिक रोजगारीका लागि मलेसिया जानुअघि कम्पनी सञ्चालिका राधा केसीले सोधिन्, ‘कसैले भर्ना प्रक्रियामा राहदानी बनाउने बाहेक कुनै रकम खर्च गरेको भए भन्नुस् ।’ जवाफमा सबैले भने, ‘कुनै रकम खर्च गरेको छैनौं, कसैलाई कुनै रकम पनि दिएका छैनौं ।’

सञ्चालिका केसीले शून्य लागतमा जाने कामदार छनोट प्रक्रियामा धेरै सावधानी अपनाउनुपर्ने देखिएको भएपनि पटकपटक कामदार छनोट गरेर प्रशिक्षण दिएर पठाउने गरेका कारण समस्या नभएको बताइन् । सबै कामदार मासिक न्यूनतम १७ सय रिंगेट तलबमा गएका हुन् । 

म्यानपावर सञ्चालिका केसीले ओभरटाइमको धेरै चर्चा हुने गरे पनि दाबी गरेर आन्दोलन र हड्ताल नगर्न उनीहरूलाई आग्रह गरिन् । नरिवल जस्ता अन्य उच्च मूल्य बालीहरूमा उत्पादन गर्ने आइओआई मलेसियामा प्लान्टेसन क्षेत्रको दोस्रो ठुलो कम्पनी हो । सञ्चालिका केसीले होस्टल, स्वास्थ्य उपचारलगायतका प्रबन्ध राम्रो रहेको भन्दै नेपालहरू सन्तुष्टिका साथ काम गरिरहेको पनि बताइन् ।

ताजा खबर

सम्बन्धित खबर