२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

चार रियालिटी सोका विजेता घोषित

shivam cement
२०८२ फागुन १२ गते १९:०२
Shares
चार रियालिटी सोका विजेता घोषित

काठमाडौं : लाइफ ओके टेलिभिजनद्वारा विगत तीन महिनादेखि सञ्चालनमा रहेका संगीत तथा नृत्यसम्बन्धी चारवटा फरक–फरक रियालिटी सोहरूको ग्रान्ड फिनाले शनिबार सम्पन्न भएको छ । राजधानीस्थित मेजिस्टिक इभेन्टमा आयोजित विशेष समारोहमा विभिन्न विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीहरूलाई अवार्ड, ट्रफी तथा आकर्षक पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा ‘बेस्ट डान्सर’, ‘लिटल डान्सर’, ‘लिटल ट्यालेन्ट’ र सांगीतिक विधाअन्तर्गत ‘सा.रे.ग.म’ शीर्षकमा आयोजित प्रतियोगिताका विजेता तथा उत्कृष्ट पाँच स्थान हासिल गर्ने प्रतिभाहरूलाई सम्मान गरिएको हो । तीन महिनासम्म चलेको प्रतिस्पर्धामा विभिन्न विद्यालयका विद्यार्थीहरूले उल्लेखनीय प्रस्तुति दिँदै अन्तिम चरणसम्म यात्रा तय गरेका थिए ।

‘बेस्ट डान्सर’ विधामा श्रमशील विद्यापीठ नेपालकी अग्रता भट्टराई प्रथम घोषित भइन् । विद्या आर्जन स्कुलकी आस्ती लामिछाने दोस्रो स्थानमा रहँदा स्मार्ट किड्सकी विज्ञासा श्रेष्ठ तेस्रो बनिन् । त्यस्तै विद्या आर्जन स्कुलकी त्रिप्ती ढकाल चौथो र अक्षरिका स्कुलकी सुगारिका काकी पाँचौँ स्थानमा रहिन् ।

‘लिटल डान्सर’ विधामा महान सिद्धार्थ हाई स्कुलकी शशी लामा विजेता भइन् । श्रमशील विद्यापीठ नेपालकी आशिका बस्नेत दोस्रो, अक्षरिका स्कुलकी स्यानोन बस्नेत तेस्रो, रिलाइन्स पब्लिक स्कुलकी मानवी राई चौथो तथा अक्षरिका स्कुलकी दिव्यान्सी खनाल पाँचौँ स्थानमा रहिन् ।

No description available.

‘लिटल ट्यालेन्ट’ विधामा होली क्रस स्कुलकी आज्ञा चापागाईं प्रथम स्थान हासिल गर्न सफल भइन् । अल्पाइन भ्याली स्कुलकी युना मगर दोस्रो, श्रमशील विद्यापीठ नेपालकी दिव्यांका खड्का तेस्रो, अक्षरिका स्कुलका विख्यात रायमाझी चौथो तथा रिलाइन्स पब्लिक स्कुलकी इसानी धिताल पाँचौँ स्थानमा रहे ।

सांगीतिक प्रतिस्पर्धा ‘सा.रे.ग.म’ अन्तर्गत डि.ए.भी स्कुल, जावलाखेलका दीप्सन जंग राजभाट प्रथम घोषित भए । इन्द्रावती पब्लिक स्कुलका शुर्दशन लुङ्बा तामाङ दोस्रो स्थानमा रहँदा सोही विद्यालयकी सोफिया खड्का तेस्रो भइन् । जुगल स्कुलका निमेश राई चौथो तथा नालानन्द विद्या मन्दिरकी युना गिरी पाँचौँ स्थानमा रहिन् ।

कार्यक्रमका अवसरमा कला, संस्कृति, शिक्षा तथा सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई ‘ग्लोबल एप्रिसिएसन अवार्ड’ प्रदान गरिएको थियो । उक्त अवार्ड वरिष्ठ चलचित्रकर्मी नारायण प्रधान र गोपालकाजी कायस्त, वरिष्ठ गल्फ प्रशिक्षक राधेश्याम थापा, छायाँकार तथा निर्माता अमृत सागर, व्यवसायी तथा शिक्षा–समाजसेवी विश्वराम माकाजु तथा पत्रकार एवं इभेन्ट डाइरेक्टर सोनित राज ढुंगेललाई प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका निर्देशक तथा निर्माता प्रल्हाद पराजुली रहेका थिए भने अध्यक्षता प्रतिक्षा पाण्डेले गरेकी थिइन् ।

सम्बन्धित खबर