२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रोजगार मेलासहित टोकियोमा नेपाल–जापान दोस्रो रोजगार सम्मेलन सम्पन्न

shivam cement
२०८२ फागुन १३ गते ०६:१५
Shares
रोजगार मेलासहित टोकियोमा नेपाल–जापान दोस्रो रोजगार सम्मेलन सम्पन्न

टोकियो, जापान : जापानको राजधानी टोकियोमा नेपाल–जापान दोस्रो रोजगार सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको जापानका न्यायमन्त्री हिरोशी हिरागुची, नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले तथा जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले उद्घाटन गरेका थिए ।

टोकियो महानगरीय औद्योगिक व्यापार केन्द्र हामामात्सुचो–कानमा आयोजना गरिएको रोजगार सम्मेलनमा नेपालबाट ३८ म्यानपावर कम्पनी र झन्डै एक सय जना व्यवसायी सहभागी थिए । मेलामा जापानका करिब ५ सय रोजगार व्यवसायी सहभागी भएका थिए ।

May be an image of studying

उद्घाटन सभालाई सम्बोधन गर्दै जापानका न्यायमन्त्री हिरोशी हिरागुचीले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरे । उनले जापान बढी भन्दा बढी इमानदार नेपाली कामदार लिन आतुर रहेको उल्लेख गर्दै जापान र नेपालको सम्बन्ध अझ प्रगाढ रहोस् भन्ने कामना गरे ।

रोजगार सम्मेलनलाई सम्बोधन गर्दै श्रमसचिव डा. काफ्लेले रोजगारीको खोजीमा रहेका नेपालीलाई जापान पठाउन सरकारले सहजीकरण गर्ने उल्लेख गरे । उनले जापानमा रहेका नेपालीको समस्या समाधानका लागि पनि सरकारले आवश्यक पहल गरिरहेको र आगामी दिनमा पनि गर्ने बताए ।

May be an image of text

यस्तै जापानका लागि नेपालका कार्यवाहक राजदूत पौडेलले सीमित स्रोत र साधनका बाबजुद दूतावासले व्यवसायीहरूलाई सकेसम्म छिटो सेवा प्रदान गरिरहेको बताए । उनले जापानमा श्रमिक जनशक्तिको खाँचो दिनानुदिन बढ्दै गइरहेको उल्लेख गर्दै भाषामा दक्ष सीपयुक्त कामदार उत्पादन गरेर पठाउन नेपाली व्यवसायीहरूलाई आग्रह गरे । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा रोजगार मेलाका सहसंयोजक प्रेमबहादुर कटुवालले रोजगार सम्मेलनमा जापानी रोजगारदातहरुको सक्रिय सहभागिता रहेको जानकारी दिए  ।

सम्मेलनमा संघका महासचिव महेशकुमार बस्नेतले नेपाली कामदारको सीप, भर्ना प्रक्रियालगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गरे । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको तर्फबाट उनले नेपाल जापान रिक्रुटमेन्ट डेस्क स्थापनाका लागि जोड दिए । उनले डेस्कले दुवै देशका नीतिगत सुधार र संवादलाई निरन्तरता दिने, समस्या र सम्भावनामा जिम्मेवार भूमिक निभाउने र जापानसँगको संस्थागत सहकार्यलाई संस्थागत रूप दिने उल्लेख गरे । 

May be an image of studying

रोजगार सम्मेलनको उद्घाटन सत्रमा जापान–नेपाल पार्लियामेन्ट्री फ्रेन्डसिप लिगका चेयरम्यान तथा हाउस अफ काउन्सिलर्सका सदस्य योसुके सुरो, इमिग्रेसन सर्भिस एजेन्सीकी फस्र्ट कमिस्नर तथा इमिग्रेसन एसिस्टेन्स एसोसिएसनकी डाइेक्टर सिको ससकी, जापान इन्टरनेसनल ट्रेनी तथा स्किल्ड वर्कर कोअपरेसन अर्गनाइजेसनका चेयरम्यान सिन्जी ओगवा, फरेन इम्प्लोइमेन्ट काउन्सिलका डाइरेक्टर सन्तोष पौडेल, रेसिडेन्स म्यानेजमेन्ट सपोर्ट डिपार्टमेन्टकी डाइरेक्टर नोबुको फुकुहारालगायतले जापानमा नेपालीहरूको रोजगारीलाई व्यवस्थित र सनिश्चित गर्न रोजगार सम्मेलन सहायक हुने तथा रोजगारी प्रवर्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरेका थिए ।

सो क्रममा जापानी पक्षका वक्ताहरूले जापानमा कामदारको ठुलो अभाव रहेको र विदेशी कामदारबिना अभाव पूर्ति नहुने उल्लेख गरेका थिए ।

May be an image of text

विदेशी नागरिकहरूको रोजगारीका लागि जापान संघ मुख्य आयोजक रहेको रोजगार मेलाको नेपाली राजदूतावास टोकियो सहआयोजक रहेको थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, जापानको आप्रवासन सेवा एजेन्सी, जापान अन्तर्राष्ट्रिय प्रशिक्षार्थी र दक्ष कामदार सहयोग संगठन तथा जापान आप्रवासन संघ प्रायोजक रहेका थिए ।

May be an image of one or more people, newsroom, hospital and text

रोजगार सम्मेलनको उद्घाटन सत्रपछि रोजगार मेला सञ्चालन गरिएको थियो । रोजगार मेला करिब ५ घण्टा चलेको थियो । मेलामा ३८ म्यानपावर कम्पनीका साथै टोकियोस्थित नेपाली राजदूतावास, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र केही जापानी संस्थाहरूले स्टल राखेर आ–आफ्ना संस्थाबारे आगन्तुकहरूलाई स्वागतसहित जानकारी गराएका थिए । स्टलमा जापानी रोजगारदाताहरूले पनि विशेष चासो राख्दै अवलोकन गरेका थिए । कार्यक्रमको अन्त्यमा करिब दुई घण्टा सांगीतिक कार्यक्रमसहित रिसेप्सन आयोजना गरिएको थियो ।

May be an image of text

May be an image of text

सम्बन्धित खबर