काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्युठानको जुम्री बजार चोकबाट सुरु गरेको छ ।
सोमबारबाट शुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ । सरल र मर्मस्पर्शी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बीमाको महत्व तथा जागरणमा उल्लेखनीय भूमिका निभाउने कम्पनीको विश्वास छ ।
बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार बीमाको जनचेतना जागरण गराउन गरिएको कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको छ । स्थानीय निकायसँगको समन्वयमा यो कार्यक्रम अगाडि बढाइएको कम्पनीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies