२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

चीनमा भारी वर्षाका कारण ३० जनाको मृत्यु, ३५ बेपत्ता

Nada
२०८१ साउन १७ गते १८:०४
Shares
चीनमा भारी वर्षाका कारण ३० जनाको मृत्यु, ३५ बेपत्ता

काठमाडौंः यस हप्ताको सुरुमा देशमा परेको भारी वर्षाले निम्त्याएको विपद्बाट मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै ३५ जना बेपत्ता भएको राज्य सञ्चालित सञ्चारमाध्यमले बिहीबार जनाएको छ । एक हप्ताअघि पूर्वी चीनमा अवतरण गरेको ‘टाइफुन गेमी’बाट हुनान प्रान्त विशेष गरी प्रभावित भएको हो । 

ncell

केही क्षेत्रहरूमा २४ घण्टामा ६४५ मिलिमिटर वर्षा मापन भएपछि जिक्सिङ सहरबाट ११ हजारभन्दा बढी मानिसहरूलाई सहरबाट अन्यत्रै सारिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले मङ्गलबार जनाएको थियो । जिक्सिङ क्षेत्रका बस्तीलाई जोड्ने धेरै सडकहरू चरम मौसमका कारण अस्थायी रुपमा अवरुद्ध गरिएका थिए जसले बिजुली आपूर्ति र सञ्चार पूर्वाधारलाई पनि असर गरेको थियो । 

‘टाइफुन गेमीबाट सबैभन्दा बढी प्रभावित जिक्सिङ सहरका आठवटा सहरमा अवरुद्ध गरिएको सडकहरु हाल खोलिएको छ । प्रारम्भिक निष्कर्षले ३० जनाको मृत्यु र ३५ जना बेपत्ता भएको देखाएको छ’, अनुसन्धान र उद्धार प्रयास अझै जारी रहेको बताउदै राज्य प्रसारणकर्ता सिसिटिभीले बिहीबार जनाएको छ । 

हुनानको योङ्क्सिङ काउन्टीमा तीन जनाको मृत्यु भएको र आइतबार प्रान्तका अन्य ठाउँमा गएको पहिरोमा १५ जनाको मृत्यु भएको सिन्ह्वाले बताएको हो । 

सम्बन्धित खबर