२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

साउदीको जेद्दामा नेपाली कामदार बेपत्ता

shivam cement
अन्जान गुभाजु
२०८२ फागुन २० गते २०:५७
Shares
साउदीको जेद्दामा नेपाली कामदार बेपत्ता

जेद्दा, साउदी अरब : साउदी अरबको जेद्दा क्षेत्रमा कार्यरत एक नेपाली युवक सम्पर्कविहीन भएका छन् ।  महावाणिज्यदूतावास जेद्दाका अनुसार गत २७ फेब्रुअरी २०२६ देखि मोरङ जिल्लाको लेटाङ नगरपालिका–२ घर भएका २५ वर्षीय अनिश राई सम्पर्कविहीन छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको जेद्दास्थित अल खुम्राह क्षेत्रमा बसोबास गर्दै आएका उनी सम्पर्कविहीन रहेको जानकारी उनको परिवारले दूतावासलाई दिएको थियो ।

दूतावासले उपलब्ध गराएको विवरणअनुसार राईको उचाई करिब ५ फिट ५ इन्च र तौल करिब ५० केजी रहेको छ ।

उनका बारेमा कुनै जानकारी वा सूचना प्राप्त भएमा साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई महावाणिज्यदूतावास जेद्दामा जानकारी गराइदिन अनुरोध गरिएको छ ।

सम्बन्धित खबर