२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मध्यपूर्व तनाव लम्बिनेमा चिन्ता

shivam cement
२०८२ फागुन २१ गते ०६:२०
Shares
मध्यपूर्व तनाव लम्बिनेमा चिन्ता

काठमाडौं : मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् ।

नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना संकलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो । 

परराष्ट्र मन्त्रालयको तयार पारेको सो पोर्टलमा साउदी अरेबिया, यमनमा रहेका नेपालीका बारेमा सूचना संकलन गरिनेछ । यस्तै, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी संघसंस्थाले पनि नेपालीको सहयोगका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको जनाएका छन् ।

इरानले इजरायलका साथै खाडी देशमा रहेका अमेरिकी सैनिक अखडाहरूमाथि हमला थालेको बुधबार पाँचौं दिन हो । अमेरिकाले आक्रमण गरेपछि खाडी मुलुकमा ठुलो संख्यामा कार्यरत नेपालीहरू चिन्तित बनेका छन् । 

इरानले कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइनलगायत देशमा अवस्थित अमेरिकी सैनिक अखडाहरूलाई निशाना बनाउँदै आएको छ । राष्ट्रका सर्वोच्च नेता अयोतुल्लाह खमेनीलाई गुमाएको इरानले बदला लिने उद्घोष गरेको छ ।

मध्यपूर्वमा अहिले देखिएको तनाव कहिलेसम्म जान्छ भन्ने चिन्ता नेपाली कामदारहरूमा छ । खासगरी उनीहरूमा यो युद्ध रुस र युक्रेनबीचको लडाइँ जस्तो निरन्तर हुने त होइन भन्ने त्रास रहेको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको भनाइ छ ।

सम्बन्धित खबर